एअरपोर्ट ट्याक्सीको नेतृत्वमा दुर्योधन, सदस्यलाई राहत तथा सम्मान
काठमाडाैँ । दुर्योधन बस्नेतको अध्यक्षतामा १७ सदस्यीय नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एअरपोर्ट ट्याक्सी इकाई कमिटी गठन भएको छ । संगठनको १२ औँ स्थापना दिवस र पाँचौँ अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो ।
कमिटीको उपाध्यक्षमा रमेश कुँवर, सचिव कमल पोखरेल, सहसचिव नैनराज कठायत र कोषाध्यक्ष कृष्ण बस्नेत चयन भएका छन् । कमिटीका सदस्यहरूमा सुरेश लामा, अम्बरबहादुर सुनुवार, मनोज कुमार दाहाल, राजन खत्री, अर्जुन थापा, रोशन खड्का, रणबहादुर कार्की, धनबहादुर थापा मगर, लालबहादुर थापा मगर, मनोज थापा र अनिल सिलवाल रहेका छन् ।
कमिटीको सल्लाहकारहरूमा कविराज थापा, ठेटबहादुर कार्की, प्रल्हाद गजुरेल, कृष्ण पहाडी, चुडामणी तिमल्सिना, धनेश्वर पण्डित, मुनीहरी थापा, दिलबहादुर शाक्य र रामकृष्ण लामिछाने रहेका छन् ।
अधिवेशनको उद्घाटन संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले गरेका थिए । प्रमुख अतिथि राईले विमानस्थलमा वर्षौदेखि सेवा गरिरहेका ट्याक्सीहरुलाई पार्किङ शुल्क असुलीमा विभेद गरिएको बताए ।
यसैबिच नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एअरपोर्ट ट्याक्सी इकाईका सदस्य स्वर्गीय अर्जुन सिर्मलका परिवारलाई २५ हजार हस्तान्तर गरिएको छ । २०८० साल चैत १७ गते त्रिशूलीमा ट्याक्सी दुर्घटनामा ज्यान गुमाएका सिर्मलका परिवारलाई कार्यक्रमका प्रमुख अतिथि भीमज्वाला राईले चेक हस्तान्तरण गरेका हुन् ।
संगठन एअरपोर्ट ट्याक्सी इकाईको पाँचौँ अधिवेशनका अवसरमा राहत हस्तान्तरण गरिएको हो । सोही अवसरमा संगठनका सदस्य धनेश्वर पण्डितलाई ११ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरिएको छ । पण्डितले चलाएको ट्याक्सी दुर्घटनामा परी २३ हिरासतमा रहेकाले संगठनको विनियम अनुसार राहत हस्तान्तरण गरिएको हो । कार्यक्रममा ट्याक्सीमा छुटेका ५ हजार अमेरिकी डलर यात्रुलाई फिर्ता गर्ने, बा २ ज ३५६० नम्बरका ट्याक्सी चालक विनोद लामासहित ११ जना इमान्दार चालकहरूलाई सम्मान गरिएको थियो । त्यस्तै संगठनको नियमित शुल्क तिर्ने इमान्दार सदस्य नाथुप्रसाद थारुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा ३९ पिन्ट रक्तदान समेत गरिएको छ । कार्यक्रममा रक्तदाताहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।