मुख्यमन्त्री लामा र स्वीस राजदूत म्युलीबिच भेटवार्ता
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा र नेपालका लागि स्वीस सरकारका राजदूत डा. डेनियल म्युलीबिच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्री लामा र राजदूत म्युलीबिच भेटवार्ता भएको हो ।
भेटमा राजदूत म्युलीले स्वीस सरकारबाट बागमती प्रदेशमा हाल सञ्चालनमा रहेका परियोजना र संविधान कार्यान्वयन तथा सहयोगको बारेमा जानकारी गराएका थिए । उनका अनुसार हाल स्वीस सरकारको सहयोगमा बागमती प्रदेशमा ६ वटा परियोजनाहरू कार्यान्वयनमा रहेको र थप २ वटा परियोजना सुरुवातको प्रक्रियामा रहेका छन् ।
भेटमा राजदूत म्युलीले प्रदेश सरकारले प्राविधिक तथा व्यवसायीक सीप सम्बन्धी ऐन जारी गरी प्रादेशिक तहमै रोजगारी प्रवर्द्धनका लागि गरेको प्रयासको प्रशंसा गरे ।
प्रदेशमा स्वीस सरकारको सहयोगमा सुरक्षित आप्रवासी परियोजना (सामी) कार्यान्वयनमा रहेको उनले बताए । स्वीस सरकारले मोटरेवल लोकल रोड एण्ड ब्रीज प्रोगामबाट सडक पुल निर्माणमा काम गरिरहेको उनले बताए । प्रदेशमा डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत साना तथा मझौला उद्यमीलाई प्रविधीमैत्री उद्यम विकासमा सहयोग गरिरहेको उनको भनाई छ ।
प्रदेश तथा स्थानीय तह सरकार सहयोग कार्यक्रम (पी.एल.जी.एस.पी) मार्फत प्रदेश सरकार तथा स्थानीय तहमा सुशासन प्रवर्धनमा सहयोग गरिरहेको म्युलीले बताए । आगामी दिनमा स्थानीय तहमा राजश्व स्रोत वृद्धिका विषयमा परियोजना कार्यान्वयनको तयारीमा रहेको बताए ।
भेटमा मुख्यमन्त्री लामाले स्वीस सरकारले गरिरहेको सहयोग र नियमितताको अपेक्षा रहेको बताए । प्रदेश सरकारले स्वीस सरकारसँग प्रविधि हस्तान्तरण र पर्यटन विकासमा सहयोगको अपेक्षा रहेको बताए । प्रदेशमा पर्यटन र जलविद्युत उत्पादनको सम्भावना उच्च रहेकाले प्रविधि हस्तान्तरण र लगानीका लागि स्वीस सरकारबाट उल्लेख्य उपलब्धि हासिल गर्न सकिने मुख्यमन्त्री लामाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण