९८ करोड बराबरको आईपीओ निष्कासन गर्दै प्रभु स्टील्स एन्ड हाइड्रो
काठमाडौँ । प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेस्टमेन्ट कम्पनी लिमिटेडको रु. ९८ करोड बराबरको आईपीओ निष्कासन गर्ने कार्य अगाडी बढेको छ ।
प्रभु ग्रुप्स एन्ड कम्पनीज् अन्तर्गतका विभिन्न कम्पनीहरूको मुख्य लगानीमा स्थापित प्रभु स्टील्स एन्ड हाइड्रो इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र कुमारी क्यापिटलबिच आज शेयर निष्कासन गर्न सम्पूर्ण कार्य गर्ने गरी सम्झौता सम्पन्न भएको हो । सम्झौता पत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिलप्रसाद अधिकारी र क्यापिटलको तर्फबाट प्रमुख मर्चेन्ट बैंकिङ्ग सविन बुढाथोकीले हस्ताक्षर गरे ।
यस कम्पनीमा प्रभु केबलकार एन्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङ्गस् एन्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाइड्रो होल्डिङ्गस् एन्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ ।
कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादनमूलक उद्योग र साहसिक पर्यटनमा लगानी गर्दछ । यस कम्पनीको मुख्य उद्देश्य लगानीमूलक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण