ख्यातिप्राप्त कुमोन शिक्षा कार्यक्रम नेपालमा पनि

काठमाडौँ । विश्वव्यापी रूपमा मान्यताप्राप्त कुमोन शिक्षा कार्यक्रम नेपालमा आधिकारिकरुपमा कार्यान्वयन सुरु भएको छ । आज आयोजित सम्मेलनमा विभिन्न शिक्षाविद्, विद्यालयका शिक्षक र सरोकारवालबिच सो कार्यक्रम कार्यान्वयनको घोषणा गरिएको हो ।
सन् १९५८ मा जापानको ओसाकाबाट थालनी भएको यो कार्यक्रमले विद्यार्थीको मानसिक विकास, आईक्युस्तरको वृद्धिसँगै आलोचनात्मक सोच र समस्या समाधान क्षमताको विकासमा योगदान पुर्याउने लक्ष्य लिएको छ ।
विभिन्न ४० भन्दा बढी विद्यालयका प्रिन्सिपलहरूको सहभागिता रहेको कार्यक्रममा जापानस्थित एनपीओ कलरबाथका अध्यक्ष योशिकावा युसुकेले शिक्षामा नवप्रवर्तनशील विधिहरूको महत्वमा जोड दिए ।
जापानस्थित कुमोन मुख्यालयकी प्रतिनिधि मित्सुको शिमाजोइले कुमोन कार्यक्रमको विश्वव्यापी प्रभाव रहेको जनाउँदै विश्वका १० प्रतिशत विद्यार्थीहरू (करिब ४० लाख)ले कुमोन विधि प्रयोग गरिरहेको बताए । यो कार्यक्रम विश्वका ६५ देशका २३ हजार सात सय केन्द्रहरूमा सञ्चालित रहेको छ ।
यस विधिले लाखौं बालबालिकाको मनोवैज्ञानिक विकासमा योगदान पुर्याउँदै उनीहरूलाई स्वतन्त्र रूपमा सिक्न र आलोचनात्मक सोच विकास गर्न प्रेरित गर्दै आएको छ ।
कुमोन आईजिसी नेपालका अध्यक्ष गणेशमान लामाले यस विधिलाई विद्यार्थीको मानसिक प्रशिक्षणमा केन्द्रित कार्यक्रमको रूपमा बुझ्न आग्रह गर्दै यसले शिक्षण प्रशिक्षण र परम्परागत शैक्षिक शिक्षण विधिलाई प्रतिस्थापन गर्ने जनाए ।
उनले कुमोन विधि नेपाली विद्यार्थीहरूको आईक्यूस्तर विकास गर्न र आजीवन आवश्यक पर्ने सोच र सृजनात्मकता जस्ता सीपहरू प्रदान गर्न विशेष रूपमा तयार पारिएको बताए । कुमोन विधिले विद्यार्थीहरूको मस्तिष्कलाई कुशल रूपमा प्रयोग गर्न सक्षम बनाउँछ र उनीहरूलाई आत्मविश्वास, समस्या समाधानकर्ता बनाउन प्रेरित गर्ने लामाको भनाइ छ ।
कार्यक्रममा एलआरआई स्कुलकी संस्थापक ट्रस्टी डा यशोधरा पन्त र युनाइटेड एकेडेमीका प्रिन्सिपल मनोज विश्वकर्माले कुमोन कार्यक्रम अपनाएपछि आफ्ना विद्यार्थीहरूको व्यवहार र शैक्षिक क्षमतामा देखिएका सकारात्मक परिवर्तन देखा परको जनाए ।
नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले शिक्षामा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न कुमोनजस्ता कार्यक्रमहरूको आवश्यकता रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धानमा तानिएका डा.वैकुण्ठ अर्यालसहित २३ जनालाई चलाइएन मुद्दा
-
लिभ–इनमा बसेकी प्रेमिका गर्भवती भएपछि हत्या, भारतमा नेपाली नागरिक पक्राउ
-
काठमाडौँ विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिँदै
-
प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी सूचना टाँसेर स्थगित
-
झापाबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह (तस्बिरसहित)
-
बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति