बाजुराको आगलागी पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग
सारांश
- बाजुराको बुढीगंगा नगरपालिकामा ग्यास सिलिन्डर विस्फोटबाट भएको आगलागीका पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ।
- मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले राहतस्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको हो, साथै टेन्ट, कम्बल र त्रिपाल पनि उपलब्ध गराइनेछ।
- आगलागीबाट ४० वटा पसल जलेर करिब ८ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ।
धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–६, बाम्का बजारमा जेठ २३ गते नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भई भएको भीषण आगलागीबाट पीडित व्यापारी तथा स्थानीयवासीलाई सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले बुढीगंगा नगरपालिकामार्फत पीडितलाई राहत स्वरुप यो रकम उपलब्ध गराउने निर्णय गरेको हो।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगलागीबाट प्रभावित व्यवसायी र परिवारहरूलाई तत्काल सहयोग पुर्याउन ४० लाख रुपैयाँ प्रदान गरिने र प्राप्त विवरणअनुसार थप निर्णय लिइने जानकारी दिए। नगरपालिकाले पीडितको विवरण सङ्कलन गरी मापदण्ड तय गरेर राहत वितरण गर्ने छ।
यससँगै, प्रदेश सरकारले मौज्दातमा रहेका १५ वटा ठुलो टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपाल पनि तत्काल राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ।
आगलागीमा ४० वटा पसल जलेर करिब ८ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण