बाजुराको आगलागी पीडितलाई प्रदेश सरकारको ४० लाख राहत सहयोग

समाचार सारांश
- बाजुराको बुढीगंगा नगरपालिकामा ग्यास सिलिन्डर विस्फोटबाट भएको आगलागीका पीडितलाई सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ।
- मुख्यमन्त्रीको अध्यक्षतामा बसेको बैठकले राहतस्वरुप रकम उपलब्ध गराउने निर्णय गरेको हो, साथै टेन्ट, कम्बल र त्रिपाल पनि उपलब्ध गराइनेछ।
- आगलागीबाट ४० वटा पसल जलेर करिब ८ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण छ।
धनगढी । बाजुराको बुढीगंगा नगरपालिका–६, बाम्का बजारमा जेठ २३ गते नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भई भएको भीषण आगलागीबाट पीडित व्यापारी तथा स्थानीयवासीलाई सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले बुढीगंगा नगरपालिकामार्फत पीडितलाई राहत स्वरुप यो रकम उपलब्ध गराउने निर्णय गरेको हो।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगलागीबाट प्रभावित व्यवसायी र परिवारहरूलाई तत्काल सहयोग पुर्याउन ४० लाख रुपैयाँ प्रदान गरिने र प्राप्त विवरणअनुसार थप निर्णय लिइने जानकारी दिए। नगरपालिकाले पीडितको विवरण सङ्कलन गरी मापदण्ड तय गरेर राहत वितरण गर्ने छ।
यससँगै, प्रदेश सरकारले मौज्दातमा रहेका १५ वटा ठुलो टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपाल पनि तत्काल राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ।
आगलागीमा ४० वटा पसल जलेर करिब ८ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसन्स लिगको फाइनलअघि रोनाल्डोको प्रेरणादायी सन्देश
-
संसद्को गतिरोध : कांग्रेस र माओवादी नेताहरूको बैठकमा पनि जुटेन सहमति
-
नेयमारलाई कोरोना संक्रमण पुष्टि
-
कर्णालीमा टालटुले नीति तथा कार्यक्रम ल्याइएको प्रतिपक्षको आरोप
-
बागमती नदी सभ्यताका लागि लगानी, बालुवामा पानी
-
बुढीगण्डकी परियोजना शीघ्र कार्यान्वयन गराउने विषयमा छलफल