आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लिभ–इनमा बसेकी प्रेमिका गर्भवती भएपछि हत्या, नेपाली नागरिक पक्राउ

आइतबार, २५ जेठ २०८२, १५ : १२
आइतबार, २५ जेठ २०८२

हैदराबाद । भारतको हैदराबादमा ३० वर्षीय एक नेपालीलाई आफ्नी लिभ–इन पार्टनरको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनीमाथि प्रेमिकाको शव ट्राभल ब्यागमा हालेर सुनसान स्थानमा फालेको आरोप लागेको हो । 

घटना जुन ४ मा सार्वजनिक भएको हो, जब ३३ वर्षीया तारा बोहराको शव हैदराबादको बाचुपल्लीस्थित आवासीय क्षेत्र नजिकै फालिएको अवस्थामा फेला परेको थियो । प्रहरीले तत्कालै आरोपी विजय टोप्पा उर्फ विल्सनलाई पक्राउ गर्‍यो । उनी स्थानीय रेस्टुरेन्टमा शेफको रूपमा काम गर्थे र मृतक तारासँग लिभ–इन सम्बन्धमा थिए ।

अनुसन्धानबाट विजय र ताराको चिनजान फेसबुकमार्फत भएको थाहा भएको छ । तारा पहिल्यै विवाहित र दुई छोराछोरीकी आमा थिइन्। उनी अप्रिल १५ मा हैदराबाद आइन् र विजयसँग बोवराम्पेटस्थित डेरामा बस्न थालिन् ।

मे २३ मा दुबैबिच विवाद भएको र सो विवाद गर्भावस्थाका कारण चर्किएको बताइएको छ। रिसको झोंकमा विजयले तारा बोहरालाई नायलनको डोरो प्रयोग गरी घाँटी कसेर हत्या गरेको प्रहरीको भनाइ छ ।

हत्या पछि उनले शवलाई ठूलो ट्राभल ब्यागमा हालेर सुनसान ठाउँमा लगेर फालेका थिए। स्थानिय एक चौकीदारले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

साइबराबाद प्रहरीका वरिष्ठ अधिकारीहरू के. सुरेश कुमार, सत्यनारायण र रवि किरण रेड्डीसहित फरेन्सिक टोली घटनास्थल पुगेको थियो र अनुसन्धान सुरु गरिएको थियो ।

आरोपीलाई पक्राउ गर्न पाँचवटा विशेष टोली गठन गरिएको थियो। सिसिटिभी फुटेज र प्राविधिक प्रमाणको सहायताले प्रहरीले विजयलाई मेढचल जिल्लामा फेला पारेर पक्राउ गरेको थियो। प्रहरीका अनुसार सोधपुछमा विजयले अपराध स्वीकार गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप