लिभ–इनमा बसेकी प्रेमिका गर्भवती भएपछि हत्या, नेपाली नागरिक पक्राउ
हैदराबाद । भारतको हैदराबादमा ३० वर्षीय एक नेपालीलाई आफ्नी लिभ–इन पार्टनरको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनीमाथि प्रेमिकाको शव ट्राभल ब्यागमा हालेर सुनसान स्थानमा फालेको आरोप लागेको हो ।
घटना जुन ४ मा सार्वजनिक भएको हो, जब ३३ वर्षीया तारा बोहराको शव हैदराबादको बाचुपल्लीस्थित आवासीय क्षेत्र नजिकै फालिएको अवस्थामा फेला परेको थियो । प्रहरीले तत्कालै आरोपी विजय टोप्पा उर्फ विल्सनलाई पक्राउ गर्यो । उनी स्थानीय रेस्टुरेन्टमा शेफको रूपमा काम गर्थे र मृतक तारासँग लिभ–इन सम्बन्धमा थिए ।
अनुसन्धानबाट विजय र ताराको चिनजान फेसबुकमार्फत भएको थाहा भएको छ । तारा पहिल्यै विवाहित र दुई छोराछोरीकी आमा थिइन्। उनी अप्रिल १५ मा हैदराबाद आइन् र विजयसँग बोवराम्पेटस्थित डेरामा बस्न थालिन् ।
मे २३ मा दुबैबिच विवाद भएको र सो विवाद गर्भावस्थाका कारण चर्किएको बताइएको छ। रिसको झोंकमा विजयले तारा बोहरालाई नायलनको डोरो प्रयोग गरी घाँटी कसेर हत्या गरेको प्रहरीको भनाइ छ ।
हत्या पछि उनले शवलाई ठूलो ट्राभल ब्यागमा हालेर सुनसान ठाउँमा लगेर फालेका थिए। स्थानिय एक चौकीदारले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
साइबराबाद प्रहरीका वरिष्ठ अधिकारीहरू के. सुरेश कुमार, सत्यनारायण र रवि किरण रेड्डीसहित फरेन्सिक टोली घटनास्थल पुगेको थियो र अनुसन्धान सुरु गरिएको थियो ।
आरोपीलाई पक्राउ गर्न पाँचवटा विशेष टोली गठन गरिएको थियो। सिसिटिभी फुटेज र प्राविधिक प्रमाणको सहायताले प्रहरीले विजयलाई मेढचल जिल्लामा फेला पारेर पक्राउ गरेको थियो। प्रहरीका अनुसार सोधपुछमा विजयले अपराध स्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने
-
वर्षामा बीपी राजमार्ग: अवरुद्ध भए आधा घण्टामै खुलाइने
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण