दोलखामा क्रियाशील पत्रकार समाज गठन
चरिकोट । दोलखामा क्रियाशील पत्रकार समाज गठन भएको छ । बुधबार करिब एक दर्जन स्थानीय सञ्चारमाध्यामका सम्पादक र पत्रकारहरुले क्रियाशील पत्रकार समाज दोलखा गठन गरेका हुन् ।
दोलखामा नेपाल पत्रकार महासंघको नेतृत्व सर्वसम्मत रुपमा चयन भएकै दिन उनीहरुले क्रियाशील पत्रकार समाज गठन गरेका हुन् । समाजमा आवाज अनलाइाका सम्पादक शम्भु गौतम सल्लाहकार रहेका छन् भने कालिञ्चोक सन्देश साप्ताहिकका सम्पादक दिपक बस्नेतले समाजको संयोजन गरेका छन् ।
समाजको सदस्यहरुमा साझा अर्थका सम्पादक नवराज शिवाकोटी, समदृष्टि अनलाइनकी सम्पादक विनिता शिवाकोटी, जागरण टाइम्सका सम्पादक बलराम शिवाकोटी, फ्रेन्डसिप खबरका सम्पादक राजकुमार दहाल, नेपाल टेलिभिजनका दोलखा सम्वाददाता मन्दिरा थापा, आवाज अनलाइनका राजनबहादुर शिवाकोटी र जागरण टाइम्सका प्रधान सम्पादक डम्बरप्रसाद चौंलागाई रहेका छन् ।
क्रियाशील पत्रकार समाज गठन गदैै उनीहरुले हालै नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणका नाममा वर्षौदेखि क्रियाशीले पत्रकारहरुलाई आफैंले बनाएको मापदण्डको धज्जी उडाउँदै सदस्यताबाट बञ्चित गरिएको भन्दै आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
सर्वसाधारणमा पत्रकार महासंघको सदस्यता नभएकाहरु पत्रकारनै होइनन् भन्ने खालको भाष्य निर्माण गर्न खोजिएको भन्दै उनीहरुले जुन निकृष्ठ कामको जति भर्त्सना गरेपनि अपुग हुने बताएका छन् ।
उनीहरुले दोलखामा रहेका क्रियाशील पत्रकारहरु आगामी दिनमा पनि विगतमा जतिक्कै स्वतन्त्र पत्रकारिताको मर्मलाई आत्मसात गर्दै आफ्नो कलमलाई अझै सशक्त ढंगले अगाडि बढ्ने प्रतिबद्धतासमेत जनाएका छन् । बुधबार नेपाल पत्रकार महासंघ दोलखा शाखामा प्रेस चौतारीका प्रभु जिरेलको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण