फोटोफिचर
कमलादीमा भासिएको सडक निर्माण, आजदेखि सञ्चालनमा आयो (तस्बिरहरू)
बिहीबार, २७ मङ्सिर २०८१, ०९ : ३८
काठमाडौँ । कमलादीमा भासिएको सडकमा बक्स कल्भर्ट निर्माण गरेर आजदेखि सञ्चालनमा ल्याइएको छ । पुननिर्मित सडकमा आयोजित एक कार्यक्रमका बिच रिबन काटेर सडक खोलिएको हो ।
साउनको अन्तिम साता काठमाडौँ महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै सडक भासिएपछि बन्द नै थियो । ४.४८ मिटर लामो र एउटा स्पान भएको बक्स कल्भर्ट निर्माण सम्पन्न भई उद्घाटन गरिएपछि आजैदेखि सडक सुचारु गरिएको हो ।
सडक भासिनुपुर्व एक तर्फी बनाइएको यो सडक अब सुचारु भएपनि एकतर्फी नै चलाउने ट्राफिक प्रहरीले जनाएको छ ।
पहिला जस्तै अब उप्रान्त दरबार मार्ग महेन्द्र सालिकबाट सवारीहरू कमलपोखरीतिर मात्रै जान पाउनेछन् । योसँगै प्रज्ञा प्रतिष्ठानबाट कमलादी गणेशस्थान हुँदै घण्टाघर जाने सडक पनि एकतर्फी बनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का
-
लिभरपुल र आर्सनललाई थप अग्रता, नटिङघमको पोष्टमा बर्नमथको गोल वर्षा
-
अखिल क्रान्तिकारी नतिजा : सुदूरपश्चिममा विजय प्रकाशलाई अग्रता
-
अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको नजिता सार्वजनिक
-
गण्डकी प्रदेशमा सुदिन पौडेललाई सुरुवाती अग्रता