काठमाडौँ । अहिले सुन्तलाको सिजन छ । सिजनमा सुन्तलाको माग पनि अत्यधिक हुने व्यवसायीहरू बताउँछन् ।
आजभोलि काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा सुन्तला किन्ने उपभोक्ता बाक्लो देखिन्छन्। कालीमाटीमा अहिले सुन्तला २ सयदेखि ६ सय रुपैयाँ ढकमा विक्री भइरहेको छ । सुन्तलाको मूल्य यसको आकार र उत्पादन भएको क्षेत्र अनुसार फरक हुने व्यापारीहरू बताउँछन् ।
गत चैत ३० गते सरकारले सुन्तलालाई ‘राष्ट्रिय फल’ समेत घोषणा गरेको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जोन तथा सुपर जोन निर्धारण गरी सुन्तलाको वृद्धि विकासमा काम गर्दै आएको छ ।
तर यसअन्तर्गत चलेका सबै कार्यक्रम राष्ट्रिय फल घोषणा अघिकै हुन् । यस परियोजनामा सोलुखुम्बु, उदयपुर, गोरखा, म्याग्दी, नवलपरासी, गुल्मी, जाजरकोट, दैलेख, रामेछाप, धनकुटा, सङ्खुवासभा, भोजपुर, पाल्पा, डोटी र दार्चुला गरी १५ वटा जोन छन् । सिन्धुली र स्याङ्जा २ वटा सुन्तलाका सुपर जोन छन् । यी र यस्ता विभिन्न सरकारी परियोजना तथा कार्यक्रमबाट सुन्तला जातको वृद्धि विकास, बगैँचा व्यवस्थापन, बिरुवा उत्पादनका लागि विभिन्न सहयोग गरिँदै आएको सरकारले जनाएको छ ।
_5UZaIJJay9.jpg)
_9c0Fgew9pC.jpg)
_WOoNMvQQss.jpg)
_yhI8tcaJsV.jpg)
_ZDV8rKlaVb.jpg)
_lnaXkm1dDz.jpg)
_ynTmQSmYAQ.jpg)
_qcld0uY9pc.jpg)
_Y68QuJE1gF.jpg)
_XnXlgaBs2V.jpg)
_rci642FqsP.jpg)
_R2t5qewbH6.jpg)
_EyRkjkrzhw.jpg)
_eyVDh5Fcju.jpg)
_zVXmxvqNqY.jpg)
_pNZMUJt1Hk.jpg)
_OxJR3BxV5X.jpg)
_13BDvS6CDd.jpg)
_Zqh7QK58WO.jpg)
_xiTBQoGvAK.jpg)
_IZpjNEJbKZ.jpg)
_7WMIjQbIjk.jpg)
१ प्रतिक्रिया