कप्तान सन्दीपको बिर्सनलायक एनपीएल
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले निराशाजनक प्रदर्शन गरेको छ । ५ खेलमा मात्र १ खेल जित्दै विराटनगर अङ्क तालिकाको पुछारमा रहेको छ । ६ खेल खेलिसकेको लुम्बिनीले पनि समान २ अङ्क बटुलेपनि नेट रन रेटका आधारमा विराटनगर तालिकाको अन्तिम स्थानमा रहेको छ ।
यो प्रतियोगिता टोलीका कप्तान सन्दीप लामिछानेका लागि बिर्सनलायक साबित भएको छ । लेगब्रेक बलरले आफ्नो बलिङबाट टोलीका लागि खासै योगदान गर्न सकेका छैनन् । उनको ब्याटिङ पनि निराशाजनक नै रहेको छ । ५ खेलमा उनले मात्र १ विकेट लिन सकेका छन् । उनको बलिङ औसत १४४ रहेको छ भने उनको इकोनोमी ७.२० रन प्रति ओभर रहेको छ । यता, उनको ब्याटबाट २२ रन निस्किएको छ । उनको उच्च स्कोर ८ रन रहेको छ ।
प्रतियोगिताको बिहीबार भएको पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुपरमा उनको महँगो बलिङ निर्णायक साबित भयो । अन्य बलिङ विकल्प हुँदाहुँदै जोखिम मोलेर बलिङ गर्न आएका सन्दीपको पहिलो दुई बलमा नै रेमन रिफरले दुई छक्का प्रहार गरे । त्यसपछि अर्को चौका हिर्काउँदै रिफरले टोलीका लागि १८ रन जोडे ।
१९ रनको लक्ष्य पछ्याएको विराटनगरले रिफरको शानदार बलिङबिच ५ रन मात्र जोड्न सक्यो । दुई ब्याटर मार्टिन गप्टिल र निकोलस किर्तनले २–२ रन मात्र बनाउन सके ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण