रोहोटो मेन्थोलाटम नेपालले गर्यो ‘कार बोनान्जा’ अभियानको विजेता घोषणा
काठमाडौँ । रोहोटो मेन्थोलाटम नेपाल, भाटभटेनी सुपरस्टोर र टाटा मोटर्सको संयुक्त अभियान ‘कार बोनान्जा’का विजेता सार्वजनिक भएका छन् ।
काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरस्टोरमा ‘कार बोनान्जा’ अभियानकी विजेता ललितपुरकी मियाप्मा राईलाई टाटा टियागो ईभी कार हस्तान्तरण गरिएको छ ।
यो अभियान सन् २०२४ को जुन १५ मा सुरु भएको थियो । यसअन्तर्गत देशभरका २७ वटा भाटभटेनी सुपरस्टोरहरूबाट कुनै पनि रोहोटो उत्पादन खरिद गर्ने ग्राहकलाई वातावरणमैत्री टाटा टियागो ईभी कार जित्ने अवसर प्रदान गरिएको थियो ।
अभियान अवधि भर सामान खरिद गर्ने ग्राहकलाई ५० हजारभन्दा बढी कुपन वितरण गरिएको कम्पनीले बताएको छ ।
सन् २०२४ को १५ नोभेम्बरमा अभियान सकिएको थियो ।
भाटभटेनी सुपरस्टोर टंगालमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा रोहोटो मेन्थोलाटम नेपालका अध्यक्ष हिरोफुमी शिरामात्सु, भाटभटेनी सुपरस्टोरका अध्यक्ष मीनबहादुर गुरुङ, रोहितो मेन्थोलाटम नेपालकी प्रबन्ध निर्देशक ट्रान डाङ बिच थाओको उपस्थिति थियो ।
यस्तै रोहोटोे मेन्थोलाटमका निर्देशक ताकानोरी कवाई, ब्रान्ड एम्बेसडर प्रशंसा रायमाझीलगायत साझेदार ब्रान्डका प्रतिनिधिलगायतको उपस्थिति थियो ।
‘कार बोनान्जा’ अभियानको सफलताले ग्राहक सन्तुष्टि र दिगो विकासप्रतिको प्रतिबद्धतालाई थप बलियो बनाएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण