पत्रकार महासङ्घ भोजपुरको अध्यक्षमा सुवेदी निर्वाचित
शनिबार, २९ मङ्सिर २०८१, २० : ३६
भोजपुर । नेपाल पत्रकार महासङ्घ भोजपुर शाखाको अध्यक्षमा ध्रुव सुवेदी निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी अर्जुन बस्नेतलाई एक मतान्तरले पछि पार्दै सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन् ।
सुवेदीले २२ र बस्नेतले २१ मत प्राप्त गरेका छन् । समितिको उपाध्यक्षमा शारदा तामाङ र सरिता सुनुवार, सचिवमा विवेक राई, सह–सचिवमा प्रमित सिप्तुङ र अर्जुन राई, कोषाध्यक्षमा मोहन तामाङसहित १५ सदस्य निर्वाचित भएका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण