पत्रकार महासङ्घ नुवाकोटको अध्यक्षमा समान मत आएपछि आलोपालो
त्रिशूली । नेपाल पत्रकार महासङ्घ नुवाकोट शाखाको अध्यक्षमा दुई उम्मेदवारले समान मत प्राप्त गरेपछि आलोपालो नेतृत्व गर्ने सहमति भएको छ ।
शुक्रबार भएको मतदानमा अध्यक्षका उम्मेदवार नमराज सुवेदी र रामहरि गजुरेलले समान ३३ मत प्राप्त गरेकामा दुई उम्मेदवारले आधा–आधा कार्यकाल जिम्मेवारी लिने सहमति गरेसँगै निर्वाचन समितिले दुवैलाई विजयी भएको प्रमाणपत्र प्रदान गरेको छ ।
अध्यक्षद्वयलाई दिइएको प्रमाणपत्रमा शपथको प्रारम्भ मितिदेखि एक वर्ष छ महिनाको अवधिसम्म सुवेदी र त्यसपछि गजुरेलले अध्यक्षको जिम्मेवारी सम्हाल्ने उल्लेख गरिएको निर्वाचन समितिका संयोजक राममणि अधिकारीले जानकारी दिए ।
सुवेदी प्रेस युनियन र प्रेस चौतारी तथा गजुरेल प्रेस सेन्टर र समाजवादी प्रेस सङ्गठनका तर्फबाट उम्मेदवार बनेका थिए । समितिको उपाध्यक्षमा जगदीश खनाल र आत्मा गुरागाईं, सचिवमा सुनिल श्रेष्ठ, सहसचिवमा केदारकुमार ढकाल र मनिषा सापकोटा, कोषाध्यक्षमा सुरज सिलवाल विजयी भएका छन् । सदस्यमा करुणा लामिछाने, शिवराम भण्डारी, सञ्जन सापकोटा, पार्वती विश्वकर्मा, सुनिता गुरुङ, अञ्जली प्याकुरेल, प्रल्हाद पुडासैनी र पुन्यप्रभा ढुङ्गाना निर्वाचित भएकी छन् ।
यस्तै, केन्द्रीय परिषद् प्रतिनिधिमा विष्णु जम्कट्टेल (तारुके) र देवचन्द्र भट्ट, प्रदेश परिषद् प्रतिनिधिमा विनय बञ्जरा, आशिष ढुङ्गाना, किरणप्रसाद अधिकारी र भरतसन्तोषी लामा निर्वाचित भएका छन् ।
यहाँ ८० मतदाता रहेकामा ६९ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का
-
लिभरपुल र आर्सनललाई थप अग्रता, नटिङघमको पोष्टमा बर्नमथको गोल वर्षा
-
अखिल क्रान्तिकारी नतिजा : सुदूरपश्चिममा विजय प्रकाशलाई अग्रता
-
अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको नजिता सार्वजनिक