ललितपुरमा नेपालकै सबैभन्दा ठूलो मल्टिभेन्यु सञ्चालनमा
काठमाडौँ । ललितपुरको झम्सिखेलमा नेपालको सबैभन्दा ठूलो मल्टिभेन्यु ‘द प्लाजा’ सञ्चालनमा आएको छ । सिजी होल्डिङ्स कम्पनीले अन्तर्राष्ट्रिय स्तरको खाना र सेवासहितको मल्टिभेन्यु सञ्चालनमा ल्याएको हो ।
कूल एक अर्ब ५० करोड रुपैयाँभन्दा लगानीमा निर्माण भएको द प्लाजाको व्यवस्थापन सिग्नेचर इभेन्ट्स प्रालिले गरिरहेको छ । कूल १२ हजार वर्ग फिटको ठूलो हलमा थियटर सेटअप एकै साथ दुई हजार पाँच सयभन्दा बढी व्यक्ति बसेर कार्यक्रम गर्न सकिन्छ भने ठूलो हललाई आवश्यकताअनुसार दुई र तीन वटा हलमा विभाजन गरेर पनि कार्यक्रम गर्न सकिन्छ ।
कूल ४३ हजार वर्गफिटमा निर्माण भएको द प्लाजामा तीन सयभन्दा बढी कार पार्किङको सुविधा छ । प्लाजामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभासम्मेलन, विवाह तथा व्रतबन्धलगायत कर्पोरेट बैठक र सानादेखि ठूला कार्यक्रम गर्न सकिन्छ । द प्लाजामा आवश्यकता अनुसार सचिवलाय र भीआईपी कक्षको पनि सुविधा छ ।
कार्यक्रमको उच्च स्तरको व्यवस्थापनका लागि द प्लाजाले आवश्यकताअनुसार आधुनिक र उच्च प्रविधिको साउण्ड तथा लाइट, साँस्कृतिक कार्यक्रम, मल्टिमिडिया र अडियो भिजुअलसहितको प्रवन्ध गर्ने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण