ला लिगा : मलोर्का र सेभिया विजयी
आइतबार, ३० मङ्सिर २०८१, ०१ : ४२
काठमाडौं । स्पेनिस ला लिगामा मलोर्काले गिरोनालाई हराउँदा सेभियाले सेल्टिाभिगोमाथि सहज सजित निकालेको छ । शनिबार राती भएका खेलमा मलोर्काले गिरोनाविरुद्ध २-१ को संघर्षपूर्ण जित निकाल्दा सेभियाले सेल्टाभिगोलाई १-० ले हरायो ।
सेभियालाई विजयी गराउन मनु बुएनोले गरेको गोल निर्णायक बन्यो भने मलोर्काका लागि साइल लरिन नायक सिद्ध भए । पहिलो हाफअघि नै १० जनामा सिमित भएको मलोर्काका लागि दुबै गोल लरिनले नै गरेका हुन् । यो जितपछि मलोर्का पाँचौ स्थानमा कायमै छ भने सेभिया १०औं स्थानमा छ ।
यस्तै, ला लिगा अन्तर्गत शनिबार राती भएको अर्को खेलमा इस्पानियोल र ओसासुनाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गँगटे क्षेत्रमा धान रोपाइँको चटारो (तस्बिरहरू)
-
सङ्घीयताको जग भनेकै कानुन हो : जम्कट्टेल
-
अनेरास्ववियु अध्यक्ष धामीलगायतका नेता पक्राउ
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा
-
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण