सवारी साधन भारतमा भन्दा नेपालमा चार गुणा महँगो छ : अध्यक्ष अग्रवाल
आइतबार, ३० मङ्सिर २०८१, १४ : ५६
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कम्लेशकुमार अग्रवालले छिमेकी मुलुक भारतमाभन्दा नेपालमा सवारीको मूल्य चारगुणा महङ्गो भएको बताएका छन् । नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालको ४८ औँ साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन्।
‘नेपालको अर्थतन्त्रमा ठुलो योगदान छ । ३ हजार बढी उद्योगी आबद्ध छन् । ठुलो सङ्ख्यामा रोजगारी पाएका छन्,’ उनी भन्छन्– ‘सवारीको प्रयोग बढ्दो छ । तर बढ्दो राजस्वका कारण अटोमोवाइल क्षेत्र सङ्कटमा छ ।भारतको तुलनामा ४ गुणा लिएको छ । भन्सार दर घटाइनुपर्छ । ’
मोटर दुई पाङ्ग्रे सवारी आयातमा १० देखि ६० प्रतिशत भन्सार र चारपाङ्ग्रे सवारीमा २५० देखि ३५० प्रतिशतसम्म भन्सार लगाउँदा पर्याप्त मात्रामा सवारी आयात हुन नसकेको उनको भनाइ छ । जसका कारण देशको अर्थतन्त्रमा सुधार आउन पनि नसकेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण