‘दुःखी आत्मा’ को फष्टलुक्समा दयाहाङ, आँचलदेखि आशान्तसम्म
सोमबार, ०१ पुस २०८१, १६ : ३५
काठमाडौँ । दीपेन्द्र लामा लिखित तथा निर्देशित प्रतिक्षित फिल्म ‘दुःखी आत्मा’ को फर्स्टलुक पोस्टर सोमबार सार्वजनिक गरिएको छ । विभिन्न ३ डिजाइनका पोस्टरमध्ये एउटामा दयाहाङ राई सिंगल छन् भने अर्कोमा उनी र आँचल शर्मा प्रेमील भावमा देखिन्छ्न् ।
अर्को एक पोस्टरमा भने दयाहाङ,आँचलका साथमा अनुपबिक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक र आशान्त शर्मालाई प्रस्तुत गरिएको छ । फागुन २ गते रिलिज हुने फिल्मको पोस्टरले दर्शकमा थप कौतुहलता जगाउने देखिन्छ ।
क्लक वर्क कृएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण अनि सुदिप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा चर्चित कवि श्रवण मुकारुङका विभिन्न १० वटा पेचिला कविता पनि समेटिएको छ ।
आलोक शुक्लाले खिचेको फिल्म निमेष श्रेष्ठले सम्पादन गरेका छन् । फिल्म आरआर फिल्मसले वितरण गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण