चीनमा मासु निर्यात सहज बनाउन खोरेत रोग नियन्त्रणको अभियानमा छौँ : महानिर्देशक दाहाल
काठमाडौँ । पशु विभागका महानिर्देशक उमेश दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको क्रममा भैँसीको मासु निर्यात गर्ने सम्झौता भएकोमा धन्यवाद व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीको चीनको भ्रमणका क्रममा नेपालबाट प्रशोधित राँगा भैँसीको मासु निर्यात सम्बन्धी सम्झौता भएको र सोही सम्झौता बमोजिमको बृहत् परियोजना कार्यान्वयन घोषणा कार्यक्रममा बोल्दै सोमबार दाहालले प्रधानमन्त्री ओलीलाई धन्यवाद धन्यवाद दिएका हुन् ।
उनले नेपालले दूध, दुग्धजन्य पदार्थ र मासुमा आत्मनिर्भरता हासिल गर्दै, निर्यातको सुरुवात गरिएको बताउँदै मासु निर्यातको सम्झौता गरेकोमा खुसी व्यक्त गरे । महानिर्देशक दाहालले नेपालबाट चीनमा ३ अर्ब रुपैयाँ बराबरको छुर्पी र १२० मेट्रिक टन मासु निर्यात भइरहेको समेत जानकारी दिए। उनले भने, ‘नेपालले भैँसी पालनमा आत्मनिर्भरता हासिल गरेको छ, तर गाईभैँसीमा लाग्ने खोरेत रोग निर्यातका लागि प्रमुख बाधक बनेको छ।’
उनले खोरेत रोगको सङ्क्रमण नियन्त्रणका लागि ७० प्रतिशत गाई भैंसीलाई खोप लगाइसकिएको र बाँकी खोप लगाउने प्रक्रिया जारी रहेको बताए । यस वर्षदेखि भैँसी पालनमा वृद्धि गर्ने उद्देश्यले ३० पालिकामा विशेष कार्यक्रम सुरु गरेको पनि उनले बताए। मुलुकलाई खोरेत रोग मुक्त गर्नका लागि पशु विभाग सक्रिय रहेको र यो रोगको निर्मूलनको अभियानमा जोड दिइएको समेत उनले बताए । उनका अनुसार २–३ वर्षभित्र नेपाललाई खोरेत रोगमुक्त मुलुक घोषणा गर्ने लक्ष्य राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण