एमाले हेटौंडा कमिटीको अध्यक्षमा कार्की निर्वाचित
मकवानपुर । नेकपा एमाले हेटौडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा बोल बहादुर कार्की निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनको मतगणणा अनुसार कार्की ४३ मतान्तरले निर्वाचित भएका हुन् ।
कार्कीले कुल खसेको ३२७ मतमध्ये १७६ मत प्राप्त गर्दा जेन श्रेष्ठले १३३ मत पाएका थिए । ३३४ प्रतिनिधिले मताधिकार प्राप्त गरेकोमा निर्वाचन प्रक्रियामा ३२७ जनाले मात्र सहभागिता जनाएका थिए ।
निर्वाचनमा उपाध्यक्ष पदमा ३ जनाको प्रतिस्पर्धा रहेको थियो । उपाध्यक्ष पदमा राजकुमार बास्तोला विजयी हुँदा इन्द्रप्रसाद खतिवडा र धनबहादुर मुक्तान पछि परेका थिए । बास्तोलाले १४३ मत पाउँदा खतिवडाले ६८ र मोक्तानले ७४ मत पाएका थिए ।
त्यस्तै एक सचिव पदमा १९७ मतसहित शान्ता गौतम (प्रदिप) विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी प्रकाश बानियाँले ८७ मत प्राप्त गरे । उपसचिव पदमा शान्ता कुमार तामाङ ७४ मतसहित विजयी भएका छन् । उनले अर्जुन प्रसाद अर्याल ३१ मत, कवि रेग्मी ४१ मत, भिम तिमल्सिना ३४ मत, शिवबहादुर थापा ३९ मत र सुरेश मिजार ६७ मतलाई पराजित गरेका थिए ।
महिला उपसचिव पदमा चन्द्रावति पनेरु अधिकारी विजयी भएकी छिन् । उनले १४६ मतसहित जित निकाल्दा जुना दंगाल ६९ र रन्जिता सिलवाल ७९ मतमा सीमित बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण