हश मनी मुद्दामा ट्रम्पले पाउने भएनन् राहत
वासिङ्टन डीसी । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले हश मनी मुद्दामा राहत पाएनन् । यो मुद्दामा ट्रम्पलाई सुनाइएको सजाय खारेजीको माग न्यायाधीशले अस्वीकार गरेका छन् ।
फैसलामा न्यायाधीशले काण्ड लुकाउन अभिलेखलाई झुटो बनाइएको र त्यसैले डोनाल्ड ट्रम्पको सजाय यथावत् राख्नु पर्ने बताएका छन् । सर्वोच्च अदालतको हालैको एउटा फैसलालाई आधार मान्दा आफ्नो मुद्दामा सुनाइएको फैसला रद्द हुनु पर्छ भन्ने ट्रम्पको तर्कलाई उनले अस्वीकार गरेका छन् ।
न्यायाधीशले मानेनन् सजायका कारण राष्ट्रपतिको रूपमा काम गर्न गाह्रो हुने तर्क
राष्ट्रपतिको रूपमा रहेको समयमा यो मुद्दा आफूमाथि झुन्डिइरहेमा आफ्ना लागि उक्त पदमा रहेर काम गर्न समस्या हुने तर्क ट्रम्पको थियो ।
यस मामिलामा ट्रम्पलाई नोभेम्बर २६ मा सजाय सुनाइने भएको थियो । तर नोभेम्बर ५ मा भएको निर्वाचनमा ट्रम्पले वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई हराएपछि न्यायाधीश जुआन मर्चनले सजायको सुनवाइ अनिश्चितकालका लागि स्थगित गरे ।
व्यापारिक अभिलेखहरूमा छेडखानी गर्ने कार्यले उनको वर्तमान अधिकार र गतिविधिहरूमा हस्तक्षेप नगर्ने ४१ पृष्ठको निर्णयमा न्यायमूर्ति जुआन मर्चनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहसचिवको दरबन्दी भएका जिल्लामा उपसचिवलाई बनाइयो सीडीओ
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विनास्रोत बजेटमा छिरे ५ अर्ब लागतका ९१ योजना, बल्ल स्रोत सहमति खोजिँदै (हेर्नुहोस् सूची)
-
सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री
-
किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
-
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण