सल्यान बस दुर्घटनाका घाइते सन्धिखर्कमा
अर्घाखाँची - आइतबार बिहान सल्यानमा बस दुर्घटना भई गम्भीर घाइते भएका बिरामीलाई थप उपचारका लागि काठमाडौँ लैजाँदै गरेको हेलिकप्टर मौसम खराबीका कारण सन्धिखर्कमा अवतरण भएको छ ।
सल्यानको टुनिबोटमा बस दुर्घटना भई गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ लैजानेक्रममा मौसम खराबीका कारण अर्घाखाँचीमा सोमबार आकस्मिक अवतरण गरी घाइतेलाई उपचारका लागि अर्घाखाँची जिल्ला अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो ।
नेपाली सेनाको सबुज गण म्यालपोखरीमा हेलिकप्टर अवतरण भई घाइतेलाई सैनिक र प्रहरीको सहयोगमा सन्धिखर्क अस्पतालमा लगिएको हो । सन्धिखर्कमा उपचार हुन नसकेपछि गम्भीर घाइते तीनजनालाई गएराति नै भैरहवा रिफर गरिएको र अन्य पाँचजनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको समाजसेवी सहयोगी बिसीले बताउनुभयो ।
आज मौसम सुधार भएमा आजनै घाइते सबैलाई हेलिकप्टरबाट काठमाडौँ लगिने प्रहरीले बताएको छ । हेलिकप्टर सेनाको ब्यारेकमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमा पछिल्लो अमेरिकी आक्रमणमा ३८ जनाको मृत्यु
-
सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
-
खरिद ऐनको दोस्रो संशोधनले राज्यको खर्च गर्ने क्षमता बढाउँछ : अध्यक्ष पाण्डे
-
विश्वकप समापनको सँघारमा : गोल्डेन बुटदेखि गोल्डेन बलसम्म, को-को छन् दाबेदार?
-
मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ
-
कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा इरानकाे आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण