नैकाप क्षेत्रमा शृङ्खलाबद्ध चोरी
मङ्गलबार, ०२ पुस २०८१, १३ : ३१
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका-१४ नैकाप क्षेत्रमा चोरीका घटना बढेका छन् ।
मैनु डिन मियाको घरमा सोमबार दिउँसो चोरी भएको छ । प्रहरीका अनुसार नगद ५० हजार रुपैयाँ, अन्दाजी ३ तोला बराबरको सुनको विभिन्न गरगहना र १ थान मोबाइल समेत गरी करिब ५ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
यसअघि नैकापमा शुक्रबार पनि चोरी भएको थियो सो स्थानमा डेरा गरी बस्ने गुल्मी रुरु गाउँपालिका-३ घर भएका ४० वर्षीय लिलाधर ज्ञवालीको कोठामा चोरी भएको हो ।
शुक्रबार दिउँसो सुन तथा चाँदीका विभिन्न गरगहना र नगद ७० हजार रुपैयाँ गरी करिब १४ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण