वर्षा बस्नेत बनिन् टीभीएस मोटोसोलमा १२५ सीसी स्कुटर डर्ट रेसकी विजेता
काठमाडौँ । टीभीएस मोटोसोल २०२४ को उपाधि वर्षा बस्नेतले जितेकी छन् । १२५ सीसी स्कुटर डर्ट रेस श्रेणीमा उनले उपाधि हात पारेकी हुन् ।
भारतको गोवामा सम्पन्न टीभीएस मोटोसोल एक अन्तर्राष्ट्रिय स्तरको मोटरसाइकल महोत्सव हो । विगत तीन संस्करणदेखि चौथो संस्करणसम्म आइपुग्दा यसले मानिस र मेसिन बिचको सम्बन्धलाई केन्द्रमा राखेर संसारभरका मोटर राइडिङ समुदायहरूलाई एकै ठाउँमा उभ्याउँदै आइरहेको छ ।
‘टीभीएस मोटोसोल, ईट्स मोर देन अ फेस्टिवल, ईट्स ए फिलिङ’ भन्ने नारासहित आयोजित महोत्सवले गोवाको भव्य वागाटोर समुद्र किनारलाई थ्रिल, रोमाञ्चकता र असीमित उत्साहले भरिदिएको आयोजकको भनाइ छ ।
टीभीएस मोटोसोल आगामी वर्षहरूमा पनि यस्तै रोमाञ्चक र प्रभावशाली संस्करणहरू प्रस्तुत गर्दै मोटरस्पोर्ट र मोटरसाइकल राइडिङको क्षेत्रलाई नयाँ उचाइमा पुर्याउन प्रतिबद्ध रहेको आयोजकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण