नदीनाला कसका ? तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । काठमाडौँको नेपाल आर्ट काउन्सीलमा फोटो सर्कलको आयोजनामा ‘नदीनाला कसका’ शीर्षकको फोटो प्रदर्शनी चलिरहेको छ । शुक्रबार बेलुकीदेखि सुरु भएको प्रदर्शनी पुस ७ सम्म चल्नेछ । विकास निर्माणका कार्यको प्रचलित भाष्यले नदीनाला, वनजंगल र जमिनको कुन हदसम्म दोहन र क्षय भएको छ भन्नेबारेमा पुनर्विचार गर्नुपर्ने अवस्था आइसकेको जनाउन यस विषयमा ध्यानाकर्षण गराउन खोजेको छ ।
_exY8w6R1LR.jpg)
प्रदर्शनीमा गोदावरीमा विकासको कथा, त्यहाँ मार्बल उत्खनन गर्न सिङ्गो डाँडा नै ओगटिएका डाँडाकाँडा कसका हुन् ? मुक्कुमलुङमा विकासको कथा के हो ? त्यहाँ नयाँ केबल कार परियोजना निर्माणका लागि फाँडेर सर्वनाश पारिएको जंगल जोगाउन स्थानीयबासीहरू अझै लडिरहेका छन् । यो वन कसको हो ? जोगीदहमा विकासको कथा के हो पछिल्लो ३० वर्षदेखि यहाँका राजनीतिक दलका नेताहरूले आफ्ना मतदातालाई नयाँ एयरपोर्ट बनाइदिने वाचा गर्दै आए पनि त्यसका लागि १५६ हेक्टर जंगलका रूखबिरुवा फडानी गरेर आएको काठपात बेच्नेबाहेक अरु केही गरेका छैनन् । ती रुखबिरुवा कसका हुन् ? सुनकोशीमा विकासको कथा के हो ? यस नदीलाई सिँचाइ र जलविद्युतका लागि बाँध लगाउने र अन्तै डोर्याउने काम मात्रै भएको छ । यो नदी कसको हो ? लगायतका प्रश्न फोटो मार्फत अघि सारेको आयोजकले जनाएका छन् ।
_1Y4kpdAsV5.jpg)
प्रदर्शनीमा अमन शाही, अमित मचामसी, दीपा श्रेष्ठ, किशोर महर्जन, सारा दुनिय कोइव, प्रियंका तुलाचन, समग्र शाह, सुण्डुप दोर्जे लामा, संजय अधिकारी र श्रीना नेपालका फोटो र मल्टिमिडिया सामाग्री प्रदर्शनीमा राखिएको छ ।
_iAR8Jr6sN5.jpg)
_TsmpJglhZO.jpg)
_lkAAeWIuFI.jpg)
_mScLPQUJoz.jpg)
_xReiZQNbt7.jpg)
_Ztm9O1T1sH.jpg)
_evC1Eyo085.jpg)
_ouXTlvBOfK.jpg)
_ML8sYZHPRK.jpg)
_CqZcdrVXaM.jpg)
_ONS3dNqREV.jpg)
_kekxGheTWS.jpg)
_JXAYyfTmc5.jpg)
_6AvyrQfvMm.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आज : १७ पदका लागि ५१ उम्मेदवारी , ३ प्यानलबिच कडा टक्कर
-
सर्वसुलभ शिक्षा, स्वास्थ्य सेवाका लागि ऐन–नियम बनाउन प्रतिबद्ध छौँ : मदनकृष्ण श्रेष्ठ
-
रास्वपा पाल्पाको सभापतिमा विष्णुप्रसाद भण्डारी निर्विरोध
-
रास्वपा सिन्धुलीको सभापतिमा बस्नेत निर्वाचित
-
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
-
विश्वकपको तयारी खेलमा इंग्ल्याण्डको विजयी सुरुवात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण