सपोर्ट माइक्रोफाइनान्समा लाग्यो सर्किट
बुधबार, ०३ पुस २०८१, १२ : ५२
काठमाडौँ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार कारोबार सुरु हुन साथ सपोर्टको सेयर किन्नेहरूको भीड देखियो । यसक्रममा २७५ रुपैयाँ प्रतिकित्ता मूल्य बढेको छ ।
सपोर्टको मूल्य १० प्रतिशतले बढ्दै आज प्रतिकित्ता ३०२५ रुपैयाँ पुगेको छ । बुधबार सपोर्ट माइक्रोफाइनान्सको ७०६० कित्ता सेयर खरिदबिक्री भएको छ । यसक्रममा ७८ वटा कारोबार भयो ।
मंगलबार कारोबार बन्द हुँदा प्रतिकित्ता २७५० रुपैयाँ थियो । पछिल्लो एक वर्षमा सपोर्टको मूल्य उच्च ३४५६ र न्यूनतम ९१५ रुपैयाँसम्म झरेको थियो ।
गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट संस्थाले १३.७७५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण