सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको माहोलमा सीजी इलेक्ट्रोनिक्सले १००० टिकट वितरण गरेको छ।
‘क्रिकेटको मज्जा दोब्बर’ अफर अन्तर्गत सीजी इलेक्ट्रोनिक्सको उत्पादन खरिद गर्ने ग्राहकहरूमध्ये लक्की ड्रमार्फत १००० जना विजेता छनोट गरिएको थियो । जसले किर्तिपुर स्थित क्रिकेट स्टेडियममा प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गरेको कम्पनीको भनाइ छ ।
कम्पनीले एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, सेन्साई, ब्ल्याक एन्ड डेकर, माइडिया, केन्ट, एलिका र क्रम्प्टन जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन खरिद गर्ने ग्राहकहरूमध्येबाट लक्की विजेता छनोट गरी सबै टिकट वितरण गरेको जनाएको छ ।
सीजी इलेक्ट्रोनिक्सले एनपीएल टिकट वितरण अभियानलाई सफल बनाउन सहयोग गर्ने सबै ग्राहकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा थप रोमाञ्चक अफरहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण