बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस

काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सीटीईभीटी) को प्रमुख कार्यकारी निर्देशक नियुक्तिको तयारी गरेको छ । प्रदेश सरकारले खल्ला प्रतिस्पर्धा मार्फत् प्रमुख कार्यकारी निर्देशकका लागि उम्मेदवार सिफारिस समेत गरेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले दर्खास्त आह्वान गरी परिक्षा तथा अन्तरवार्ता समेत सम्पन्न गरेर नियुक्तिका लागि ३ जना उम्मेदवार सिफारिस गरेको छ । मन्त्रालयका सचिव बद्रीनाथ गैरेको संयोजकत्वमा रहेको प्रमुख कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले प्रमुख कार्यकारी निर्देशकका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरेको हो ।
समितिको सिफारिस अनुसार प्रदेश सरकारको आगामी मन्त्रिपरिषद बैठकले प्रमुख कार्यकारी नियुक्त गर्ने तयारी गरिएको प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम परिषद्ले जनाएको छ । उक्त पदमा ७ जनाको दर्खास्त परेकोमा सिफारिस समितिले ५ जनाको नाम सर्टलिष्टमा गरेको थियो । सर्टलिष्टमा परेका ५ उम्मेदवारको गत पुस १ मा अन्तरवार्ता भएको थियो । उक्त अन्तवार्ताको नतिजा अनुसार प्रमुख कार्यकारी निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस गरिएको हो ।
सिफारिस समितिले मध्यपुर ठिमी नगरपालिका–९ का बद्रीप्रसाद दहालको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ भने म्यागङ– ४, नुवाकोटकी शान्ति लामा दोस्रो र भरतपुर–१०, चितवनका ईश्वरचन्द्र पौड्यालको नाम तेस्रो स्थानमा रहेको छ । अन्तरवार्तामा छनोट भएका भरतपुर–१, चितवनका रमेश रिमाल र मन्थली, रामेछापका नविनराज दाहाल भने फालिएका छन् ।
दाहाल र लामा नेपाली कांग्रेस निकट मानिन्छन् भने पौड्याल माओवादी केन्द्र निकट रहेको बुझिएको छ । दाहाललाई प्रमुख कार्यकारी निर्देशक बनाउनको लागि कांग्रेसको शिर्ष नेतृत्व सहित सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको जोडबल रहेको छ भने लामालाई मुख्यमन्त्री बाहदुर सिंह लामाको बलियो साथ रहेको छ । प्रमुख कार्यकारी निर्देशकमा मुख्मयन्त्री लामाको साथ पाएकी शान्ती लामाको सम्भावनाको सम्भावना उच्च रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिभ–इनमा बसेकी प्रेमिका गर्भवती भएपछि हत्या, भारतमा नेपाली नागरिक पक्राउ
-
काठमाडौँ विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिँदै
-
प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी सूचना टाँसेर स्थगित
-
झापाबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह (तस्बिरसहित)
-
बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति
-
हिमालयन बैंकको ‘ठमेल शाखा’ सञ्चालनमा