हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
मकवानपुर । पुस १३ गतेदेखि हेटौंडामा सडक खाना महोत्सव हुने भएको छ । सन् २०२५ को पूर्वसन्ध्यामा होटल एशोसिएशन मकवानपुरले ४ दिने सडक खाना महोत्सव आयोजना गर्ने भएको हो ।
‘सडकमा जाऔँ, सडकमा खाऔँ, सडकमै रमाऔँ’ भन्ने मूल नाराका साथ मकवानपुर होटल एशोसिएशन अफ मकवानपुरले सडक खाना महोत्सवको आयोजना गर्ने भएको छ । पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै सडक खाना महोत्सव गर्ने तयारी गरिएको होटल एशोसिएशन मकवानपुरका पूर्वअध्यक्ष एवं कार्यक्रम संयोजक शंकरलाल श्रेष्ठले जानकारी दिए ।
हेटौंडा–४ स्थित हुप्रचौरको पूर्वतर्फको सडकमा आउँदो पुस १३ देखि १६ गतेसम्म सडक महोत्सव हुने संयोजक श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिए । महोत्सवमा खानाका पारखीहरूलाई पौराणिकदेखि आधुनिक परिकारको स्वाद चखाउने र स्थानीय कलाकारहरूको सांस्कृतिक नृत्य, गायनद्वारा भरपुर मनोरञ्जन दिने मुख्य उद्देश्य रहेको उनले बताए ।
५० वटा स्टलहरु राखिने महोत्सवमा १४ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । आयोजकका अनुसार महोत्सवमा ४० हजार खानाका पारखीले अवलोकन गर्ने र ७० लाख रुपैयाँसम्म कारोबार हुने अनुमान गरिएको छ । महोत्सवमा स्टल राख्न १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
महोत्सव सञ्चालनका लागि सुरक्षा निकाय र आवश्यक स्वयंसेवक परिचालन, सुरक्षाको व्यवस्थापन, फोहोर व्यवस्थापन लगायतका व्यवस्थापन हुनेछ भने महोत्सवमा विभिन्न सांस्कृतिक नाचहरूको प्रवर्द्धनको व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण