सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहन्छ : मन्त्री लामिछाने
हेटौंडा । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले सुशासन स्थापनामा सूचनाको महत्त्वपूर्ण भूमिका रहेको टिप्पणी गरेका छन् । नागरिकहरूमा सत्य तथ्य र वास्तविकताबारे सूचित गराउन नसक्दा सुशासनको परिकल्पना गर्न नसकिने उनले बताए ।
बिहीबार प्रदेश सूचना पुनरावेदन समिति बागमती प्रदेशले रामेछापमा आयोजना गरेको सूचनाको हक प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लामिछानेले सूचनाको हक नागरिकको हकको रूपमा रहेको बताए । लोकतन्त्रमा सूचना हक बलियो हुने उनको भनाई छ ।
मन्त्री लामिछानेले सूचनाले नै सत्यको नजिक पुग्न र सही मार्गमा हिँड्न सहयोग पुग्ने बताए । उनका अनुसार कोही कसैले पनि सूचना दिँदा गलत, भ्रमपूर्ण र मिथ्या सूचना दिएर दुःख दिने तथा दुरुपयोग गर्ने कार्य नगर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण