सहज ढङ्गले कवाड व्यवसाय सञ्चालनको माग
शुक्रबार, ०५ पुस २०८१, १९ : १३
काठमाडौँ । कवाड व्यवसायी समाजले निर्बाध रूपमा पेसा व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ । समाजका अध्यक्ष रामकेवल गुप्ताले आज विज्ञप्ति जारी गर्दै काठमाडौँ महानगरपालिकाले कवाड व्यवसायीमाथि गरिरहेको व्यवहार तत्काल सच्याउन माग गरेका हुन् ।
महानगरले कवाड व्यवसायीलाई दुःख दिने, तोडफोड गर्ने, आज पनि अनामनगर, विशालनगर, बानेश्वर र सेतोपुल क्षेत्रका कवाडमा तोडफोड गरिएको समाजले आरोप लगाएको छ । “कवाड व्यवसायीका सामान जफत गरेर अभद्र व्यवहार गरिएको छ । यस प्रकारको ज्यादती तत्काल रोकी सहज ढङ्गले पेसा व्यवसाय सञ्चालन गर्न दिन हुन सरोकारवाला सबैलाई अनुरोध गर्न चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण