मनहरी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ । शनिबार एक समारोहका बिच उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्रशासकीय भवन निर्माणको शिलान्यास गरेका हुन् ।
लामो समयदेखि भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको मनहरीले नयाँ प्रशासकीय भवन निर्माण थालेको हो । राष्ट्रिय वन क्षेत्रको जग्गाको स्वामित्व गाउँपालिका अन्तर्गत ल्याएर मनहरीले भवन निर्माण कार्य थालेको गाउँपालिकाका योजना महाशाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिए । ६ कट्ठा क्षेत्रफलमा ४२ वटा कोठासहित ३ तले सुविधा सम्पन्न भवन निर्माण गर्ने गरी मनहरीले ठेक्का सम्झौता गरेको उनले बताए ।
प्रशासनिक भवन निर्माणको लागि तामाकोसी–ढाचा जेभी बालाजु काठमाडौँले निर्माणको लागि गत असोज १४ गते सम्झौता गरेको उनको भनाई छ । ८ करोड २८ लाख ६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरी काम सुरु गरिएको उक्त भवन निर्माण आगामी २०८२ चैत ३० गते सम्पन्न गर्नुपर्ने छ ।
उनका अनुसार उक्त भवन निर्माणका लागि सहरी विकास मन्त्रालयबाट ३० लाख रुपैयाँ प्राप्त भएको र अन्य रकम गाउँपालिकाबाट बेहोर्ने गरी ठेक्का सम्झौता भएको छ । भवनका लागि मन्त्रालयबाट थप सहयोग प्राप्त हुने विश्वास रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण