इसाकको ह्याट्रिकमा न्यूक्यासलको शानदार जित
आइतबार, ०७ पुस २०८१, ०१ : ०९
काठमाडौं । एलेक्जेण्डर इसाकको ह्याट्रिक मद्दतले न्यूक्यासल युनाइटेडले इंग्लिश प्रिमियर लिगमा इप्सविच टाउनविरुद्ध शानदार जित निकालेको छ । न्यूक्यासलले अवे मैदानमा ४-० को शानदार जित निकालेको हो ।
खेलको पहिलो मिनेटमै टोलीलाई अग्रता दिलाएका इसाकले ५४ औं मिनेटको अन्तराल मै ह्याट्रिक पूरा गरे । पहिलो हाफ मै तीन गोल गरेको न्यूक्यासलका लागि एक गोल याकूब मर्फीको नाममा रहयो । जितपछि न्यूक्यासलले युरोपा लिगको सम्भावना बलियो बनाएको छ भने इप्सिविच रेलिगेशन जोनमा झरेको छ ।
१७ खेल खेल्दा न्यूक्यासलको २६ अंक भएको छ भने शीर्ष स्थानको लिभरपुलसँग १० अंकको अन्तर छ । शीर्ष स्थानमा विराजमान लिभरपुलको भने ३६ अंक छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण