ट्रम्पकी बुहारीले फिर्ता लिइन् सिनेटको सिटमा दाबी
वासिङटन डीसी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पकी बुहारी लारा ट्रम्पले सिनेटमा सिटका लागि आफ्नो नाम फिर्ता लिएकी छिन् । यही महिना लाराले रिपब्लिकन नेशनल कमिटी (एनएनसी) को सह–अध्यक्षको पदबाट राजीनामा दिएकी थिइन् । उनको यो कदमपछि बाहिरिँदै गरेका सिनेटर मार्को रुबियोको ठाउँमा उनी आउने सक्ने अड्कलबाजी बढेको थियो । ट्रम्पले रुबियोलाई विदेशमन्त्री बनाएका थिए ।
तर माइक्रोब्लगिङ वेबसाइट एक्सको एउटा पोष्टमा उनले धेरै सोच विचार गरेपछि सिटमा दाबी गर्नबाट पछाडि हटेको बताएकी छिन् । रुबियोको बाँकी कार्याकालका लागि लाराले बरु फ्लोरिडाका गर्भनर रोन डिसान्टिसलाई राम्रो उमेदवार खोज्न शुभकामना दिएकी छिन् ।
रुबियोको कार्यकाल २०२६ मा सकिदैंछ । शनिबार एक्समा गरेको एक पोष्टमा लाराले आफूसँग यो भन्दा ठूलो कुरा भएको र यसको घोषणा जनवरीमा गर्ने बताइन् । घोषणा के विषयमा हो भन्नेबारे चाँहि उनले अरु जानकारी दिएकी छैनन् ।
मार्चमा एनएनसीको सह–अध्यक्ष चुनिँदै लाराले आफ्नो ससुरा बुवाको चुनावी अभियानमा ट्रम्पको परिवारका सदस्यको बलियो प्रभाव देखाएकी थिइन् । लारा, उनको श्रीमान एरिक ट्रम्प र ट्रम्पका अर्का छोरा डोनाल्ड जुनियर सबैले जोडतोडका साथ ट्रम्पको प्रचार प्रसार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मोडल हन्ट नेपाल २०२६’को फाइनलमा ४२ प्रतियोगी भिड्ने
-
पश्चिम एसिया तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना
-
सिक्टा सिँचाइ आयोजना समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन
-
दुई आईजी आज अमेरिका जाँदै, सिनियरलाई निमित्तको जिम्मेवारी
-
सामाजिक सञ्जालमा भाइरल छ चीनको ‘रुफटप रेन’ कुलिङ सिष्टम
-
कांग्रेसमा उपलब्धिबिनाका बग्रेल्ती भेटघाट, विवाद जहाँको त्यहीँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण