प्रथम राष्ट्रिय बाँस सम्मेलन हुने
काठमाडौँ । नेपालमा प्रथम राष्ट्रिय बाँस सम्मेलन हुने भएको छ । आगामी फागुन १५, १६ र १७ गते खोटाङ जिल्लाको दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन आयोजना हुने भएको हो । ‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहाँ बाँस’ नाराका साथ सम्मेलन हुने आयोजकले जनाएको छ ।
बाँस सम्बन्धी विविध सम्भावना, अवसर र चुनौतीहरूको खोजी गर्ने, बाँसको खेतीलाई सुधार र बिस्तार गर्दै अन्य खेती हुन नसक्ने जग्गामा बाँसको खेती विस्तार गर्ने, बाँसबाट प्राप्त हुने विविध वस्तु तथा सेवाहरूको प्रदर्शनी गर्ने, बाँसको प्रवर्धनका लागि सरोकारवालाहरूको ध्यानाकर्षण गर्दै आवास तथा सामाग्री उत्पादनमा बाँसको उपयोगिता बढाउने उद्धेश्य रहेको आयोजकले जनाएको छ ।
यस्तै, बाँसको अध्ययन तथा अनुसन्धानलाई थप बढवा दिने, आर्थिक उपार्जनका लागि बाँसलाई वैकल्पिक श्रोतको रूपमा विकास गर्ने, बाँसको व्यवसायीकरण र प्रत्यक्ष तथा अप्रत्यक्ष लाभका बारेमा जानकारी गराउने आयोजक तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका दिक्तेल खोटाङका नगर प्रमुख तीर्थराज भट्टराईले बताए ।
सो सम्मेलनमा एक सयजना सरकारी तथा गैरसरकारी निकाय व्यक्ति, एक सय जना वन उपभोक्ता समूह, पाँचास विश्वविद्यालय तथा अनुसन्धान केन्द्र र एक सय जना विद्यार्थी गरी ३५० जना बढीको प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अनुमान छ । सम्मेलनका गतिविधिहरू बाँस विज्ञहरूको प्रस्तुतीकरण, विभिन्न जिल्लामा बाँसबाट निर्मित सामाग्रीहरूको स्टल प्रदर्शन, विभिन्न सांस्कृतिक झाँकीहरूको प्रदर्शन हुनेछ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका सम्मेलनको मुख्य आयोजक रहने छ भने वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र बबरमहल, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेश र ग्रिन बाम्बो क्रिएशन प्रालि ललितपुर आयोजक रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण