प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी, घरेलु मैदानमै हार
सोमबार, ०८ पुस २०८१, ०२ : १०
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको खराब लय जारी छ । आइतबार राती घरेलु मैदानमा भएको खेल समेत म्यानयुले सस्तैमा गुमाएको छ । घरेलु मैदानमा बर्नमथले म्यानयुलाई ३-० ले स्तब्ध तुल्यायो ।
एएफसी बर्नमथलाई विजयी गराउन डीन हुइजसेन, जस्टिन क्लुइवर्ट र एन्टोनी सेमेन्योले गोल गरे । म्यानयुले पाएको एक दुईटा अवसर समेत खेर फाल्यो । जितपछि बर्नमथ अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ भने हारेको म्यानयु १३ औं नम्बरमा पुगेको छ भने गोल डिफ्रेन्सपनि ऋणात्मक भएको छ ।
प्रिमियर लिगमै भएका अन्य खेलमा रेलिगेशन जोनको वुल्भ्सले लेस्टर सिटीलाई ३-० ले हराउँदा फुलहम र साउथह्याम्पटन तथा एभर्टन र चेल्सीले गोलरहित बराबरी खेल्दै अंक बाँडे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण