थानकोट–चन्द्रागिरि–चित्लाङ सडक दिउँसो मात्रै बन्द हुने
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडालाई संघीय राजधानी काठमाडौँसँग जोड्ने छोटो मार्गमध्येको थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्थानीयको विरोधपछि बिहान र बेलुका खुल्ने भएको छ ।
यसअघि स्तरोन्नति गर्ने भन्दै सडक डिभिजन कार्यालय काठमाडौँले ७ पुसदेखि ६ माघसम्म एक महिनाका लागि २४ सै घण्टा बन्द गर्ने निर्णय गरेको थियो । उक्त सडक खण्डको स्तरोन्नति अवधिभर बिहान ८ देखि दिउँसो ४ बजेसम्म मात्रै बन्द गरिने र बिहान र बेलुका सञ्चालन हुने भएको हो ।
सडक डिभिजन कार्यालयले स्तरोन्नतिका लागि उक्त सडकको पानी घाटदेखि चन्द्रगिरि भञ्ज्याङ खण्डसम्म पूर्ण रूपमा सवारीसाधनको आवागमनमा रोक लगाएको थियो भने उक्त अवधिमा उक्त सडक भएर चल्ने सवारीसाधनहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनेको थियो ।
थहा नगरपालिका वडा नम्बर ९ का कार्यवाहक वडा अध्यक्ष रामकृष्ण कपालीले सडक डिभिजन कार्यालयसँगको सहकार्यमा आंशिक रूपमा सवारी साधन सञ्चालनको व्यवस्था मिलाएका जानकारी दिए । उनले उक्त सडकखण्ड पूर्णरुपमा बन्द गर्दा यात्रुसँगै चित्लाङ क्षेत्रमा उत्पादन हुने कृषि उपजको बजारीकरणमा समेत समस्या हुनेभएपछि सडक बिहान र बेलुका सञ्चालन गर्ने सहमति भएको बताए ।
उनले थानकोट–चन्द्रागिरि–चित्लाङ स्तारोन्नतीका क्रममा बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द रहने र त्यसबाहेकको समयमा सवारी आवागमनमा कुनै अवरोधन नहुने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण