हेटौंडाका कृषकलाई कृषि एम्बुलेन्स
मकवानपुर । कृषकहरुको उत्पादनलाई सहज रूपमा बजारीकरण गर्ने उद्धेश्य अनुसार हटौंडा उपमहानगरपालिकाले कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ । कृषकको उत्पादन सामग्रीलाई सहजढंगबाट बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले उपमहानगरपालिकाले चिस्यानसहितको कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
संघ सरकारबाट प्राप्त बजेटमा उपमहानगरपालिकाको कार्यपालिका बैठकले थप रकम लगानी गरी खुल्ला प्रतिस्पर्धामार्फत ३४ लाख ९० हजार रुपैयाँको लागतमा खरिद गरिएको कृषि एम्बुलेन्स कृषक समूहका अध्यक्ष फेन्चु लामालाई हस्तान्तरण गरिएको हो । एम्बुलेन्स हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ, हेटौंडा–१७ का अध्यक्ष उद्धव सत्याल र उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले एम्बुलेन्सको साँचो र सम्झौता पत्र हस्तान्तरण गरेका थिए ।
संघीय सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत स्थानीय तहमा चिस्यानसहितको कृषि एम्बुलेन्स खरिदका लागि प्राप्त १९ लाख रुपैयाँ आर्थिक सहयोगमा उपमहानगरपालिकाले रकम थप गरी कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण