विपद् प्रभावित सडक पुनर्निर्माण गर्न रकम निकासा दिन निर्देशन
मकवानपुर । बागमती प्रदेश सरकारले विपद् प्रभावित सडकहरू पुनर्निर्माणका लागि रकम निकास गर्ने निर्देशन दिएको छ । प्रदेश सरकारको विपद् कार्यकारी समितिको मंगलबार बसेको बैठकले विपद् प्रभावित प्रदेश लोक मार्ग र प्रदेश मार्गहरु पुनर्निर्माण रकम उपलब्ध गराउन निर्देशन दिएको हो ।
बैठकले गत असोज ११ गतेदेखि परेको वर्षाको कारण क्षति भएको काठमाडौँ र हेटौंडा जोड्ने प्रदेश लोकमार्गसहित विभिन्न महत्त्वपूर्ण सडक तथा सडक पुलहरू मर्मत सम्भार गर्न सम्बन्धित कार्यालयहरूबाट माग भए अनुसारको निकासा गर्न निर्देशन दिएको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्ण बहादुर दर्जीले जानकारी दिए ।
उनका अनुसार विपद् प्रभावित सडकहरू तत्कालका लागि केही मर्मत गरी सञ्चालनमा ल्याएपनि पुनर्निर्माण कार्यका लागि कार्यालयहरूले थप बजेट व्यवस्था भौतिक पूर्वाधार विकास मन्त्रालय मार्फत आग्रह भएकाले हेटौडा–काठमाडौँ जोड्ने तथा अन्य महत्त्वपूर्ण सडकहरूको हकमा बजेट शीर्षक कायम गरी अर्थ विविधबाट रकम प्रदान गर्न निर्देशन दिएको हो । उक्त निर्देशन अनुसार प्रदेश विपद् कार्यकारी परिषदबाट निर्णय गराई मन्त्रालयले प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेस गरी र मन्त्रिपरिषद्को निर्णयका आधारमा आर्थिक मामिला तथा योजना मन्त्रालयबाट बजेट व्यवस्था गर्नेगरी निर्देशन भएको उनले बताए । सचिव दर्जीका अनुसार आगामी सातामा विपद् परिषद्को बैठक बसेर उक्त निर्णयलाई अनुमोदन गर्नेगरी तयारी भएको छ । सो पश्चात उक्त प्रस्ताव मन्त्रिपरिषद् पठाइने सचिव दर्जीले बताए ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले विपद् प्रभावित सडकहरू पुनर्निर्माण कार्य सञ्चालनका लागि तत्काल १५ करोड २५ लाख रुपैयाँ माग भएको छ । सो रकमले काम सुरु गरी आगामी आर्थिक वर्षको बजेटमा थप रकम व्यवस्था गरेर प्रादेशिक सडकहरू मर्मत गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ । गत असोजको विपद्बाट सडक पुल तथा अन्य संरचनामा २ अर्ब भन्दा बढीको क्षति पुगेको मन्त्रालयको तथ्यांक रहेको छ ।
विपद् कार्यकारी समितिको बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विपद् व्यवस्थापन शीर्षकमा रहेको २५ लाख रुपैयाँ बजेट प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण