हलमा थपियो ‘देववाणी’ र ‘बेबी जोन’
काठमाडौँ । क्रिसमस डे को अवसर पारेर हलमा नयाँ नेपाली फिल्म ‘देववाणी’ रिलिज भएको छ । फिल्मले देशभरका हल भने पाएको छैन । किनभने यसअघि रिलिज भएका ‘पुष्पा २’, ‘मोआना २’, ‘पूर्णबहादुरको सारङ्गी’, ‘तेलभिसा’, ‘मुफासा ः द लायन किङ’ र ‘बेबी जोन’ पनि प्रदर्शनरत छन् । ‘बेबी जोन’ पनि आजबाट प्रदर्शनमा आएको हो ।
‘देववाणी’ एक्सन ड्रामा जनराको फिल्म हो । बाबुसाहेब बलामीले निर्देशित फिल्ममा कुञ्जन भारद्वाज, अञ्जु लेप्चा, सुनिल थापा, ह्यारी जोस, रवीन्द्र झा लगायतको अभिनय छ । ह्यारी जोस भारतीय अभिनेता हुन् । फिल्ममा उनको विशेष भूमिका छ ।
मिना खड्का र हिराबहादुर लेप्चा फिल्मका निर्माता हुन् । अनुजा इन्टरटेनमेन्ट र मौसम फिल्म्स प्रोडक्सन हाउसले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलको हो । फिल्मको कार्यकारी निर्मातामा कुलमान लेप्चा हुन् । श्री श्रेष्ठको द्वन्द्व, हरिबहादुर घलेको छायाङ्कन, रामजी लामिछाने र तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको सङ्गीत र बन्दे प्रसादको सम्पादन फिल्ममा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण