सामूहिक बलात्कारको आरोपमा तीन जना पक्राउ
विराटनगर । मोरङको जहदामा २२ वर्षीय युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका–२ बस्ने २० वर्षीय महमद रमजान, १९ वर्षीय सुनिल कुमार साह र भारतको विहार राज्य अररिया घर भई हाल कटहरी २ ग्यारेजमा काम गर्ने १८ वर्षीय महमद गुल्जर रहेका छन् ।
पीडितसँगको प्रारम्भिक बयान एवं घटनास्थलको सूक्ष्म अनुसन्धानका आधारमा उनीहरू पक्राउ परेका हुन् । उनीहरूमाथि अपहरण, शरीर बन्धक राखी ज्यान मार्ने उद्योग गरी जबरजस्ती करणी मुद्दामा मोरङ जिल्ला अदालत विराटनगरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान मनिङवाक निस्किएको बेला २२ वर्षीय युवतीमाथि युवतीमाथि सामूहिक बलात्कार भएको थियो । सामूहिक बलात्कारपछि हातखुट्टा बाँधेको र मुखमा पट्टी लगाएको अर्धचेत अवस्थामा युवती फेला परेको मोरङ प्रहरीको भनाइ छ ।
उनको उपचार विराटनगरस्थित कोशी अस्पतालमा भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा युवतीलाई बाँसको झ्याङमा लगेर बलात्कार गरिएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
-
दुई दिनमा १८ लाख बराबरको ड्रागन फ्रुटको कारोबार
-
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
-
नेकपा कोशीले बनायो १ हजार ४९९ सदस्यीय समिति, प्रचण्डले गराए शपथ
-
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
-
लागुऔषधविरुद्ध झापा प्रहरीको ‘स्वीप अपरेसन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण