बागमती सीटीइभिटीको कार्यकारी निर्देशकमा लामा नियुक्त
हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (सीटीइभीटी) को प्रमुख कार्यकारी निर्देशकमा नुवाकोटकी शान्ति लामालाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले म्यागङ गाउँपालिका–४ नुवाकोटकी लामालाई नियुक्त गरेको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले खुल्ला प्रतिस्पर्धा माफर्त दरखास्त आह्वान गरी परीक्षा तथा अन्तरवार्ता समेत सम्पन्न गरेर नियुक्तिका लागि ३ जना उम्मेदवार सिफारिस गरेको थियो । मन्त्रालयका सचिव बद्रीनाथ गैरेको संयोजकत्वमा रहेको प्रमुख कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले प्रमुख कार्यकारी निर्देशकका लागि ३ जना उम्मेदवारको नाम सिफारिस गरेको थियो ।
समितिको सिफारिसअनुसार दखास्त परेको ७ जनाबाट ५ जनाको नाम संक्षिप्त सूचीमा तयार गरेर परिक्षा संचालन गरेको थियो भने गत पुस १ मा अन्तरवार्ता लिएर नियुक्तिका लागि ३ जनाको नाम सिफारिस गरिएको थियो । सोही सिफारिस अनुसार लामालाई प्रमुख कार्यकारी निर्देशकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
प्रमुख कार्यकारी निर्देशकमा नियुक्त भएकी लामा नेपाली कांग्रेस नुवाकोटको महाधिवेशन समिति सदस्य हुन् भने २०७४ को स्थानीय तह निर्वाचनमा म्यागङ गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएकी थिइन् । मन्त्री लामिछानेका अनुसार सिफारिस समितिले लामा सहित मध्यपुरठिमी नगरपालिका–९ का बद्री प्रसाद दहाल र भरतपुर–१०, चितवनका इश्वरचन्द्र पौड्यालको नाम सिफारिस गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण