शैक्षिक जनशक्ति विकास परिषद्द्वारा तालिम पाठ्यक्रम स्वीकृत
_XHy7TjopoJ.jpg)
काठमाडौँ । शैक्षिक जनशक्ति विकास परिषद्ले तालिम पाठ्यक्रम स्वीकृत गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको परिषद्को बैठकले सेवा प्रवेशसहित एक दर्जन तालिम पाठ्यक्रमहरू स्वीकृत गरेको हो । बिहीबार बसेको परिषद्को २७ औँ बैठकले एक महिने सेवा प्रवेश तालिम पाठ्यक्रम, एक महिने प्रमाणीकरण तालिम, शिक्षक पेसागत विकास तालिम पाठ्यक्रम स्वीकृत गरेको हो ।
शिक्षक पेसागत विकासको प्रारूप २०८० ले शिक्षक पेसागत विकासका विभिन्न १० वटा विधिहरूमार्फत शिक्षकको पेसागत विकासको सुनिश्चितता गरेको थियो । प्रत्येक विधिहरूलाई कार्यान्वयनमा ल्याउनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले काम अगाडी बढाएको थियो ।
शिक्षामन्त्री भट्टराईले शिक्षक जनशक्तिको अध्ययन गरी शिक्षकको परिभाषालाई पुनर्भाषित गर्नुपर्ने बताइन् । तालिम पाठ्यक्रमलाई गाइडेन्स प्रिन्सिपल मानी तालिमका विषयवस्तुलाई लचिलो बनाउने, तालिम केन्द्रहरूले आफ्नो विशिष्टीकृत विशेषताहरूका आधारमा थप विषयवस्तु राख्ने, पाठ्यक्रमलाई समय समयमा शिक्षक/विज्ञ/तालिम केन्द्रहरूमा अन्तरक्रिया गरी प्राप्त सुझावका आधारमा परिमार्जन गर्नुपर्ने उनले बताइन् ।
तालिम पाठ्यक्रमले शिक्षकका कुरा विद्यार्थीले सुनेर सिक्ने भन्दा पनि विद्यार्थीको जिज्ञासा मेटाउने खालको शिक्षक तयार गरिनुपर्नेमा उनले जोड दिइन् । यसका साथै शिक्षकले तालिम लिइसकेपछि लिएको तालिमको अपडेट कक्षाकोठामा भए नभएको अनुगमन गर्ने व्यवस्था मिलाउनुपर्ने समेत उनले बताइन् ।
तालिम पाठ्यक्रम स्वीकृतिसँगै प्रदेश शिक्षा तालिम केन्द्रमार्फत सघन रूपमा शिक्षकहरूका लागि तालिम सञ्चालन हुनेछ । तालिम सहजीकरणको लागि शिक्षा तालिम केन्द्रका प्रशिक्षक तथा रोस्टर प्रशिक्षकका लागि केन्द्रले पुस १६ गतेदेखि प्रशिक्षक प्रशिक्षण सञ्चालनको तयारी थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धानमा तानिएका डा.वैकुण्ठ अर्यालसहित २३ जनालाई चलाइएन मुद्दा
-
लिभ–इनमा बसेकी प्रेमिका गर्भवती भएपछि हत्या, भारतमा नेपाली नागरिक पक्राउ
-
काठमाडौँ विश्वविद्यालयले निजी कलेजलाई सम्बन्धन दिँदै
-
प्रतिनिधिसभा बैठक ३ : १५ बजे बस्ने गरी सूचना टाँसेर स्थगित
-
झापाबाट फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह (तस्बिरसहित)
-
बेनी–जोमसोम–कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति