अधिकारीलाई लोकतान्त्रिक योद्धा सम्मान
चितवन । प्राध्यापक डा यज्ञप्रसाद अधिकारीलाई लोकतान्त्रिक योद्धा सम्मान प्रदान गरिएको छ । उनलाई आज प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले निवासमा पुगेर सम्मान गरेका हुन् ।
प्रजातान्त्रिक विचार समाजले ४८औँ राष्ट्रिय एकता दिवस तथा मेलमिलाप दिवसको अवसर पारेर भरतपुर महानगरपालिका–१० मा पुगेर अधिकारीलाई सम्मान गरेको हो । अवस्थ रहेका अधिकारी कार्यक्रममा उपस्थित हुन कठिन भएपछि घरमा पुगेर सम्मान गरिएको अध्यक्ष वाग्लेले बताए । प्रजातन्त्रको रक्षा र लोकतन्त्रको स्थापनमा अधिकारीले निर्वाह गर्नुभएको भूमिकाको उच्च मूल्याङ्कन गर्दै समाजले उहाँलाई सम्मान गरेको उनको भनाई छ ।
विसं २००९ चैत २३ गते पर्वतमा जन्मनुभएका उहाँले नेपाली कांग्रेसको केन्द्रीय प्रशिक्षण विभागको सचिव, प्रजातन्त्र सम्बर्द्धन केन्द्रको उपाध्यक्ष, अन्तर्राष्ट्रिय भूपरिवेष्ठित देशको केन्द्रीय महासचिव, विश्व हिन्दू महासङ्घका आजीवन सदस्य, नेपाली कांग्रेस महासमिति सदस्य रही लोकतन्त्रको रक्षा र सम्बर्द्धनमा अतुलनीय योगदान पु¥याएको भन्दै उहाँलाई सम्मान गरिएको समाजले जनाएको छ ।
अधिकारी त्रिभुवन विश्वविद्यालयका निवृत्त प्राध्यापक र लेखकसमेत हुन् । उनका १० वटा कृतिसमेत प्रकाशित भएका छन् । सम्मान कार्यक्रममा केन्द्रीय अध्यक्ष वाग्लेले लोकतन्त्रको रक्षाका लागि लोकतन्त्रवादी एक हुन आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण