सदर चिडियाखाना राति पनि सञ्चालन गरौँ, महानगर लगानी गर्न तयार छ : प्रमुख महर्जन
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखानालाई रात्रिकालीन चिडियाखानाको रूपमा विकास गर्नको लागि महानगर लगानी गर्न तयार रहेको बताएका छन् । आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रमुख महर्जनले आफू प्रमुख भएर आएपछि चिडियाखासँग सम्बन्धित प्रतिबद्धताहरू सबै पुरा गरिसकेको दाबी गरे । उनले सदर चिडियाखानालाई रात्रिकालीन रूपमा चलाउनको लागि सम्भव भए/नभएको अध्ययन गर्न चिडियाखानाको व्यवस्थापन समितिलाई आग्रह समेत गरे । उनले ललितपुर महानगरमा रात्रिकालीन क्रियाकलापहरु सञ्चालन गर्न नसकिएको उल्लेख गर्दै सदर चिडियाखानाबाटै रात्रिकालीन क्रियाकलापहरूको थालनी गर्नुपर्ने बताए ।
उनले भने, ‘विदेशतिर रात्रिकालीन चिडियाखाना हुन्छन् । रातिको समयमा पनि चिडियाखाना हेर्न पाइने रहेछ । मैले पनि दुई ठाउँमा हेरे । हामीकहाँ यो सम्भावना छ कि छैन ? एकचोटि अध्ययन गरौँ न । अध्ययन गरेर रात्रिकालीन चिडियाखाना बनाउन सहज र सम्भव छ भने महानगर लगानी गर्न तयार छ ।’
प्रमुख महर्जनले वन्यजन्तु संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रमा काम गर्न जरुरी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण