उच्च शिक्षामा प्रोत्साहन गर्न साइकल उपहार
विराटनगर । विराटनगर महानगरपालिका–१४ ले किशोरीहरूलाई अध्ययनमा प्रोत्साहन गर्न वडाभित्रका एसईई र कक्षा १२ पास गरेका छात्राहरूलाई साइकल वितरण गरेको छ ।
वडाभित्र अझैपनि छोरीहरूलाई उच्च शिक्षा अध्ययन गराउने चलन नभएका कारण प्रोत्साहन गर्न आफू निर्वाचित भएर आएपछि प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको वडाध्यक्ष सूर्यनारायण महतोले बताए ।
प्रोत्साहनलाई निरन्तरता दिँदै यो वर्ष पनि एसईई र १२ कक्षा उत्तीर्ण भएका १५ जना छात्राहरूलाई साइकल वितरण गरिएको उनको भनाइ छ ।
अधिकांश किसानहरूको बसोबास रहेको सो वडामा छोरीहरूलाई उच्च शिक्षा अध्ययन गराउन प्रोत्साहन दिन आवश्यक रहेको उनको भनाइ छ । एसईई उत्तीर्ण भएका ११ जना र कक्षा १२ उत्तीर्ण गरेर स्नातक तह अध्ययन गर्न थालेका ४ जना छात्रालाई साइकल वितरण गरिएको हो ।
वडाध्यक्ष महतोले निर्वाचित भएको वर्ष बडाभरिबाट एसईई पास गरेका १० जना जना छात्राहरूलाई १० हजार रुपैयाँ प्रोत्साहन स्वरूप वितरण गरेको जानकारी दिए । गत वर्ष वर्ष ३२ जना छात्राहरूलाई साइकल वितरण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण