टिपरबाट खसेर एक जनाको मृत्यु
आइतबार, १४ पुस २०८१, १८ : ३२
रामेछाप । रामेछापको मन्थलीमा टिपरबाट खसेर एक जनाको मृत्यु भएको छ । मन्थली नगरपालिका-१ भैसेश्वरस्थित सडकमा सुकाजोरबाट सालुतर्फ जाँदै गरेको प्रदेश ३-०१-००३ क ९७६३ नम्बरको टिपरबाट खसेर सोही नगरपालिका-४ सालु अर्चले बस्ने ३२ वर्षीय नारायण बस्नेतको आइतबार दिउँसो मृत्यु भएको हो ।
टिपरबाट खसेर गम्भीर घाइते भएका उनको मन्थली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण