काठमाडौँ महानगरपालिकाको कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव पारित
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १६ औँ नगरसभाले आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव पारित गरेको छ ।
आइतबार प्रज्ञा भवन कमलादीमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको नगर सभाको १६ औँ अधिवेशनले उपप्रमुख एवं बजेट तर्जुमा समितिका संयोजक सुनिता डंगोलले पेस गरेको कार्यक्रम तथा बजेट संशोधनसहित आर्थिक ऐन २०८१ र विनियोजन ऐन २०८१ को पहिलो संशोधन प्रस्तावमा छलफल गर्दै पारित गरेको हो ।
यसअनुसार ७२ करोड ९९ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन भएको आर्थिक विकासको क्षेत्रमा ७२ करोड ४३ लाख ७१ हजार बजेट कायम गरिएको छ । ३ अर्ब ७० करोड ५३ लाख ८ हजार रुपैयाँ बजेट विनियोजन भएको कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३ अरब ७२ करोड ६८ लाख ४२ हजार रुपैयाँ कायम गरिएको छ । १२ अर्ब १ करोड ९३ लाख ९१ हजार रुपैयाँ विनियोजन भएको पूर्वाधार विकासको क्षेत्रमा ११ अरब ७ करोड ५१ लाख ३ हजार रुपैयाँ कायम गरिएको छ ।
उपप्रमुख डंगोलका अनुसार स्वीकृत कुल बजेट रकम, चालु खर्च रकम र पुँजीगत खर्च रकममा थपघट नहुने गरी क्रियाकलापहरूमा मात्र संशोधनका लागि सभामा प्रस्ताव पेस गरिएको थियो । प्रस्तावमाथि नगर सभा सदस्यहरू विमलकुमार होडा, मचाराजा महर्जन, पुष्प महर्जन, रत्नाकर बज्राचार्य र सन्तोष ढुङ्गेलले धारणा राखेका थिए ।
सभाबाट ५ अरब ४८ करोड ६ लाख ६९ हजार रुपैयाँ विनियोजन भएको सामाजिक विकासका क्षेत्रमा ५ अरब ३५ करोड ३३ लाख ८ हजार रुपैयाँ कायम गरिएको छ । २ अर्ब ९६ करोड २९ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको सुशासन तथा अन्तरसम्बन्ध क्षेत्रमा ३ अर्ब २२ करोड ६५ लाख ८५ हजार रुपैयाँ कायम गरिएको छ ।
नगर सभाको १५ औँ अधिवेशनबाट चालु आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको थियो । यसमध्ये २०८१ पुस ११ गतेसम्ममा ४ अर्ब १ करोड ४ लाख ५६ हजार रुपैयाँ खर्च भएको छ । यो रकम विनियोजनको १६.१० प्रतिशत हो । खर्चलाई प्रतिशतमा हेर्दा चालुतर्फ २३.५८ प्रतिशत र पूँजीगततर्फ १०.९२ प्रतिशत भएको छ । यस अवधिमा पूर्वाधार विकासमा १२.१३ प्रतिशत, आर्थिक विकासमा २४.१८ प्रतिशत, सामाजिक विकासमा १२.२३ प्रतिशत खर्च भएको छ । त्यसैगरी सुशासन तथा अन्तरसम्बन्ध क्षेत्रमा ७.९२ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३६.५४ प्रतिशत खर्च भएको छ ।
चालु आर्थिक वर्ष १२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ आय हुने लक्ष्य राखिएकोमा आन्तरिक राजस्व असुलीको लक्ष्य ८ अर्ब ३ करोड ५७ लाख रुपैयाँ छ । पुस ११ गतेसम्ममा ४ अर्ब ९ करोड ९ लाख ३६ हजार रुपैयाँ आन्तरिक, राजस्व बाँडफाँड र सशर्त अनुदान बापत प्राप्त भएको छ । यसमा आन्तरिकतर्फ कुल २ अरब ६१ करोड ५५ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । राजस्व बाँडफाँडबाट ५९ करोड ८९ लाख ४१ हजार रुपैयाँ र संघ तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान ८ करोड ४४ लाख ५१ हजार रुपैयाँ प्राप्त भएको छ । आम्दानीको लक्ष्यमध्ये अहिलेसम्ममा ३१.०७ प्रतिशत प्राप्त भएको छ । आन्तरिकतर्फ लक्ष्यको ३२.५५ प्रतिशत प्रगति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण