तीन स्थानमा आगलागी, विभिन्न धनमाल जलेर नष्ट
मङ्गलबार, १६ पुस २०८१, ११ : ४८
काठमाडौं । सोमबार देशका तीन स्थानमा आगलागीका घटना भएका छन् । प्रहरीका अनुसार झापाको कमल गाउँपालिका-५ पाथिभारा टोल बस्ने बिनोद खरेलको लक्ष्मी पशु तथा कृषि गाई फर्ममा करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा फर्म पूर्णरूपमा जलेर करिब १६ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी झापाकै बिर्तामोड नगरपालिका-७ मियावारी बस्ने ललित बहादुर अधिकारीको मिल घरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा मिल घरसँगै रहेको ग्वाली घर समेत जलेर करिब २५ लाख बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी म्याग्दीको मालिका गाउँपालिका-४ महभिर बस्ने ६५ वर्षीय भिम बहादुर गुरूङको कच्ची घरमा सोमबार साँझ आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन् ।
प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
-
ठोरीको दुई होटलमा गृहमन्त्रीकै उपस्थितिमा छापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण