मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छ : सांसद सिंह
काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह मधेसको राजनीतिमा निष्ठाको आवश्यकता रहेको बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सांसद सिंहले मधेसको राजनीतिमा व्यापारीकरण मौलाएको टिप्पणी गरे । उनले मधेसको राजनीतिमा भइरहेको व्यापारीकरण नहटेसम्म मधेसका जनताले न्याय नपाउने बताए । उनले मधेसका जनताले त्याग गरेको भएपनि राजनीतिक नेतृत्वले त्याग गर्न नसक्दा मधेसको विकास र समृद्धि हुन नसकेको पनि बताए ।
सांसद सिंहले मधेसका जनताले निराश भएर बस्नुभन्दा संगठित भएर अगाडि बढ्न जरुरी रहेको बताए । उनले भने, ‘राजनीति निष्ठा हो । आज मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छ । त्यागको आवश्यकता छ । जहिले पनि मधेसी जनताले त्याग गरेको छ । नेताले त्याग गरेको छैन । यो यथार्थ हो ।’
सांसद सिंहले मधेस सरकारको नेतृत्व मधेसवादी दलले नै गरेको भएपनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा उपलब्धि नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी शर्मा ओलीलाई रास्वपा सदस्य बनाएको विषय संसदमा उठ्यो
-
१५ वटा विश्वविद्यालय निमित्त उपकुलपतिको भरमा, नीतिगत निर्णयमा अप्ठ्यारो
-
इभी गाडी आयात सम्बन्धमा संसदीय छानबिन समिति चाहिन्छ : राप्रपा
-
लागुऔषधको आपूर्ति सञ्जाल तोड्न सांसदहरूको माग
-
नागढुंगाबाट १४ थान आइफोन बरामद
-
लागुऔषधको उत्पादनदेखि व्यवसायसम्म ‘सेटिङ’ हुने गरेको सांसद दुलालको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण