‘राजागंज’ले ल्यायो पोस्टर
काठमाडौँ । दीपक रौनियारको निर्देशन रहेको फिल्म ‘पूजा सर : राजागंज’ आगामी चैत्र १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, आशा मगराती, विजय बराल र निकिता चाण्डक अटाएका छन् ।
पोस्टरमा दयाहाङ प्रहरी एसपीको पोसाकमा देखिएका छन् । कुनै घटनाका लागि तयार रहेको प्रहरी टोलीजस्तो देखिएको छ ।
‘पूजा सर : राजागंज’लाई ‘द न्यूयोर्क टाइम्स’ले हेर्नुपर्ने ९ नव निर्देशकको सूचिमा समेत राखेको थियो । फिल्मले विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलमा पुरस्कार समेत जितिसकेको छ । फिल्म ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्माण गरेका छन् ।
फिल्मलाई पुलिस थ्रिलरको जनरा भनिएको छ । फिल्ममा ऋचा शर्मा, पशुपति राई, गौमाया गुरुङ, घनश्याम मिश्रा, आरती मण्डल तथा पुष्पा यादव लगायतको अभिनय पनि देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजारमा छ्याप्तीछ्याप्ती गुणस्तरहीन मह, पहिचान कसरी गर्ने ?
-
टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स’ हुँदै
-
हामी बालेनको पुलिस होइनौँ भन्ने डीएसपी चौधरीलाई स्पष्टीकरणका लागि जिल्ला बोलाइयो
-
सवारी दुर्घटनामा चालककाे मृत्यु
-
रोकिएन इरानमाथि अमेरिकाको हवाई आक्रमण, संकटमा युद्धविराम सम्झौता
-
विश्वकप फाइनल हाफटाइम शोमा जस्टिन बिबर पनि सहभागी हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण